२०७८ साउन १२ गते | 27th of July 2021

पत्रकारिता : सम्मानको फ्रेम कि द्रव्यको प्रेम !

खुल्लामन्च
 प्रकाशित: २०७५ माघ ३ गते १:२६

-गोकुल ढकाल

पोहोर साल फुल्यो भन्या जस्तै के रहेछ त अनलाईनको यो वार्षिकोत्सव, कस्तो हुनेरैछ, कसरी गर्नपर्ने रैच, फाईदा-वेफाईदा के भनेर एउटा तुश पलायो ! सात बर्ष प्रवासमा सिकारु पत्रकारिता गरेको अनुभवलाई निचोर्न एउटा वार्षिकोत्सवको रहर जाग्यो । गत साल डिसेम्बर ०९ तारिख त्यो कार्यक्रम सम्भव भो । रहेछ चलन, सम्मान गर्ने, पैसा लिने अनी कार्यक्रम खर्छ धान्ने । मलाई अति नै सहयोग गर्नुहुने ज्यूहरुसँग सम्मान गर्न के गर्ने भनेर सल्लाह भयो ।

सात समुन्द्र तारेर कर्मले जीवन सुधार्न आएको हामी, कर्मभुमीमा बचेँको समय बढ्दै गरेको समुदायलाई प्रदान गराउंदा के बिग्रन्छ र भनेर नेपाली अमेरिकी समुदायमा उदाउंदै गरेको एउटा ध्रुव लस एन्जलसबाट डायोस्पारामा प्रतिनिधित्व गर्नुहुने केही प्रतिनिधीहरुलाई सम्मानको फ्रेम दिने सल्लाह भयो । दु:खले बचेँको सानो समय, पैसा लिएर बोलाए नआउने, आए कुरा काट्ने नेपाली समाजको चलनजस्तै गतबर्षको वार्षिकोत्सवे रहर सम्मान ग्रहण गरेकाहरुले प्रोटोकल पुगेन भन्दै फ्रेम फर्काउने धम्की संगाल्दैं सम्पन्न भयो ।

दु:ख गरेर पालेको एउटा खसी राम्रो मोलमा बिकेपछी अर्को पाल्न मन लाग्छ । खुल्लामन्चको रहरको प्रथम तर स्थापनाको सातौं वार्षिकोत्सव सफल ? भएपछी अर्को खसी पाल्ने रहरमा गत महिना आठौं भेट्घाट सम्पन भयो । प्लास्टिकको फ्रेम बेचेर द्रब्यको प्रेम किन्ने नेपाली अमेरिकी केही पत्रकारिताको नजिरलाई चिर्दै लस एन्जलसमा ईतिहास लेखेका मध्य केहीलाई काठको फ्रेम प्रदान गराउने सेल्फ डिसिजन भयो ।

कार्यक्रमपछिको हल्ला : 
एक धुंवादार समाजसेवीले अर्का धुंवादार (नबल्ने ठुटोबाट निस्कने धुंवा)लाई भनेछन, ‘कार्यक्रम त फलानोले सफल गर्‍यो, तर कार्यक्रमस्थलमा पैसा मग्यो ।’ ‘यसले गर्ने चाकरीको लेखभन्दा तपाईंले लेख्ने लेखमा दम छ ।’ धुंवादार पत्रकारले सहमतीको टाउको हल्लाएछन ।

अमेरिकी नेपाली समाजमा कसका खल्ती कती ड्याम्म छन, पत्रकारलाई चाँही थाहा हुन्छ है, यो सत्य हो । तर, संगसंगै तिनले समुदायमा गरेका योगदानका प्रत्यक हिस्साहरुका पनि हेक्का राख्दछन, पत्रकारहरुले । त्यसैले कसैको यज्ञमा दुना टपरी नकसएिको वा कसार राम्ररी नबाटारिएको हल्ला मन्चमा माईक पाएपछी बिल्नुपर्छ, रेस्टुरेन्टको आंगनीमा, खुराफात जमाउनेहरुसंग होईन । समुदायमा परिवार छोडेर, निद्रा मारेर, तिरस्कार सहेर सकेको पत्रकारिता गर्नेहरुसंग पोख्नुपर्छ, बिस्मातहरु !

भित्तामा रेडिमेड अन्तर्वार्ता पढ्न नसक्ने दिग्गजहरु !
प्रसंगवस उदाहरणको लागी श्रेयस्कर भएर मात्र जोडिएको यो प्रसंग ! अमेरिकामा बिशेषत: एनआरएन, जनसम्पर्क, प्रवासी मन्च लगायत टेक्सासको एनएसटी, बाल्टिमोरको बाना, न्यूयोर्कको रिजवूड, सान्-फ्रान्सिस्कोको न्यान्स लगायतका चुनावहरुमा उम्मेद्वारहरुको चुनावमा जित्ने चाह बढ्छ । नेपाल राज्यले चौथो अंगमा मानेको तर अमेरिकी नेपाली समुदायमा प्रथम च्वाईस ‘मिडिया’ मै ती उम्मेद्वारहरुको प्रचारको चाह बढ्छ । समयले बचेखुचेको पत्रकारिता गर्ने अनलाईनमा तिनका चाह नछापुम, राजनैतीक लेप लगाइदिन्छन, छापौं पैसा खायो भन्छन ।

यती सम्मकी, डायोस्पारामा हैकम जमाउने सपना देखेका त्यस्ता धेरै उम्मेद्वारहरुको अन्तर्वार्ताको प्रश्न र उत्तर ठुलो कागजमा लेखेर, क्यामेरा पछडीको भित्तामा टांसेर यो पंक्तिकारले तिनका अन्तरवार्ता लिएको धेरै उपमाहरु छन । पत्रकारले रेडिमेड गरिदिएको त्यो अन्तरवार्ता पनि बिचराहरु पढ्न नसकेर हाम्रा पचासौं टेक खाएका उदाहरणहरु कसले लेखिदिने ! परिवार र कर्तब्य छाडेर घन्टौं तिनिहरुको सेवामा गुमाएको समय बापत एउटा आफ्नै कार्यक्रममा सय डलर सहयोग माग्दा हाम्रो पत्रकारिता, पैसामा बिकेको ? आउँलान नि अरु तिनिहरुक चुनावहरु, लड्लान चुनाव अनी भोग्लान प्रश्नहरु ! जो आज हारे वा जिते, समयले त्यसको भुक्तानी गर्ला ! तर द्रब्य जमाएर, चन्दा दिएर मात्रै समाज हांक्न सकिन्छ भनेर पत्रकारितालाई तिनले मापन गर्ने शुत्र भने पापलाग्दो छ ।

भजन गाईन्छ, जसको नुन खाईन्छ :
हेर्दा चाकरी सुनिने यो शिर्षक अचम्मको छ । बुझ्नुपर्ने एउटा कुरो, अमेरिकामा नेपाली पत्रकारिता गरेका धेरै अनलाईन रजिस्टर छैनन । यसको मतलब अपमान होईन । आशय यो हो कि, जुन रजिस्टर छ, अमेरिकामा, त्यसले न्युनतम करिब १००० डलर तिर्नुपर्छ( क्यालिफोर्निया नियममा आधारित) बिओईमा । कर दाखिला, नेपालमा पाल्नुपर्ने सहकर्मीहरुको सहयोगका लागि हुने खर्च बेहोर्न भित्तामा अन्तर्वार्ता पढ्न नसक्ने बुज्रुकहरुले लिएको घन्टौं वापत कार्यक्रममा १०० डलर सहयोग माग्दा सामाजिक अभियान्ता भनाउंदाहरुलाई टाउको दुखाई ?

कसैले कमन्डलु पसार्दा भिक्षा नदिए भयो नि त, किन कुरा काट्ने ? काम लगाउने, सित्तैमा प्रचार खोज्ने ? बैधानिक रुपमा दर्ता भएका मिडियाहरुका काम छैनन, तिनका भजन गाउन ! आवेशमा कुरा भन्दा सेवकओ छुरा रोनुस् अनी मात्र बन्नुहुन्छ तपाईं, अमेरिकामा ह्यारी भन्डारी । सित्तैमा सबैले हगेका पादेका लेख्न कसैका समय छैनन । जसले हिजो लेखे धन्यवाद दिनुस्, तपाईंका व्यबहारले भोली फेरी त्यो नहोला ।

सम्मान पत्रको ईज्जत :
गत महिना खुल्लमन्चको वार्षिकोत्सव मनाउने अर्को रहरको क्रममा आफ्नै मनले चुनेका पात्रहरुलाई यो पंक्तिकारले सिधा फोन गरेर भन्यो, ‘बुवा, दाजु र मित्र, फ्रेम बेचेर १५०० डलरको द्रब्य प्रेम लिने’ एउटा नजिर रहेछ, हाम्रो गाममा ! आशय त्यो होईन बुवाहरु, यो समुदायलाई यहाँहरुले पुर्‍याउनुभएको योगदानहरुका लागि सम्मन गर्न लायक नभएपनी हाम्रो सानो सम्झनाको बिशाल सौगात लिना उपस्थित भईदिनुहोला ।’ फोन गरेर भन्या यही हो । त्यो सम्मन पत्र पाएर कसले मेरो सारा खर्च बेहोर्दिए, कार्यक्रमको आंगनीमा कुरा काट्ने ‘पत्रकार र अभियान्ता भनाउंदा महोदय’ लाई चुनौती, नम्बर होला, सोधे हुन्छ । सम्मन पत्र आत्मसम्मानले दिईएको थियो कि बेचिएको थियो । कुरा काटेर छुरा रोप्ने, यसरी आँफै-आँफैंमा बिभाजित छौं, हामी पत्रकारहरु ।

एउटा अनलाईनले कसैलाई सम्मान गर्दैमा मन्दिर बन्ने होईन, न कसैको छाक टारिन्छ । तर परदेशमा मायाको निरन्तरता र निरन्तर सामाजिक लगावको कदरस्वरुप दिईने पत्र र पात्रहरुलाई अपमान उसले गर्दछ, जो सिर्फ भाषणको लागि माईक खोज्दछ र खुराफातको लागि हाईक रोज्दछ ।

के यी पात्रहरु नालायक हुन ?
खुल्लामन्चले सम्मान-पत्र दिन लायक ठानेको सम्भवत: सबैभन्दा पहिले अमेरिका आएका नेपाली मध्यका एक, सबैभन्दा पुरानो अमेरिकी नेपाली सामुदायिक संस्था एएनएसका संस्थापक, लस एन्जलस नेपाली समुदयका अभिभावक, अमेरिकी नेपाली समुदयका गौरब बेदभक्त जोशी, प्रवासी नेपाली-अमेरिकी ईतिहासको पर्याय श्रीपशुपतीनाथ फाउन्डेशनको मन्दिरका डिजाईनर बरिश्ठ ईन्जिनियर कन्हैया कायस्थ, त्यही मन्दिरको ईतिहासका अर्का पात्र तथा दुई कार्यकाल लस एन्जलसको छाता संगठनको निश्कलंक नेत्रित्व गरेका भक्त थापा, अमेरिकी नेपाली समाजले एनआरएन नसुन्दै आफ्नै खर्चमा एनआरएनको सदस्य बनाउन हजारौं मिनेट खर्चेका सबैका प्यारा राजेन्द्र सिवाकोटी, त्यो पशुपतिनाथ मन्दिर, रगत, पसिना, माया र परदेशमा नेपाली संस्क्रिती दिने नेवा समाजहरु एउटा कथाको फ्रेममा बधाई लेखिएको पत्र पाउअन नालायक हुन ?

दुनियाँंले गर्व गर्ने यी नामहरु खोतल्ने प्रयास हो, हाम्रो । एउटा कार्यक्रम खर्च चलाऊन यी ईतिहासका पात्रहरुले यो पंक्तिकारलाई कती पैसा दिएछन ? नम्बर नभए मसंग मागेर सोधे हुन्छ, कती पर्‍यो त्यो सम्मान पत्रको ? महाशयहरु, कुरा काट्न सजिलो छ, जती खुल्ला छाती चौडा पारेर सयौं मान्छेको अगाडी प्रेमको फ्रेम दिन कठिन छ । ईतिहास रच्नेहरुको अपमानले पत्रकारिताको स्वाभिमान जगाउंदैन ।

चाकरीको कमन्डलु नघिसार्ने एउटा अनलाईन देखाउनुस् :
विज्ञापन, समाचार, भ्रमण, सेवा, माया, राजनैतिक सम्बन्ध वा अरु कुनै बिषयले अमेरिकामा संचालित कुनै मिडियाले ‘एक डलर नलिएको प्रमाण देखाउन’ म चुनौती दिन्छु । याचनाका बाहना फरक होलान, पाएका वा नपाएका होलान, तर सहयोगको कमन्डलु नतेर्साउने कुनै मिडिया छैन, कसैले फुर्ती नगरे हुन्छ ।

सत्य पच्दैन वा यो बारेमा ‘शायद बहश या विवाद’ होला । तर अर्काको ज्यानमा हिंडेको जुम्रा देख्ने – आफुले तेर्साएको तामाको कमन्डलु भिक्षा होइन भन्ने भ्रम पुश्टी गर्न म अमेरिकामा संचालित नेपाली अनलाईन पोर्टलहरुलाई चुनौती दिन्छु । कार्यक्रम, विज्ञापन, समाचार, भ्रमण, सेवा, माया र अन्य कुनै वाहनाले हामे कोही अछुतो छैंनौं, छातीमा हात राकेह्र यो स्विकारौं । कसले के गर्दा प्रमाण-पत्र बिकायो वा राज्य भन्दा बाहिरबाट शक्तिशाली मानव झिकायो भनेर टाउको फुटाएर रक्तसंचार बढाउनु फाईदा छैन ।

कपि-पेस्ट समाचार :
मेरिल्यान्डमा चुनाव जित्ने ह्यारी भन्डारीको कार्यालयको एउटा अधिकारिक प्रेस बक्तब्य हुन्छ । एनएसटी टेक्सासले नयाँ मन्दिर बनाउने अधिकारइक बक्तब्य एउटै हुन्छ । जनसम्पर्क समिता, प्रवासी मन्च, बाना, न्यान्स र पशुपतिनाथ फाउन्डेशनको एउटै अधिकारिक बक्तब्य हुन्छ । आज मेन्स्ट्रिममा छिरेका र भोली छिर्ने सपना भिरेकाहरुको चाहनाको बक्तब्य एुउटै हुन्छ ।

जब यिनका बक्तब्य आउंछ, न्यूयोर्कमा चार बज्छ, क्यालिफोर्नियामा सात । न्यूयोर्कमा अनलाईन चलाऊनेले चांडैं पाउंछ, उसले छाप्छ । त्यही आधिकारीक बक्तब्य कोलोराडो, टेक्सास र क्यालिफोर्नियामा संचालित अनलाईनको ई-मेलमा प्राप्त हुने बित्तिकै छापिन्छ । ई-मेलमा प्राप्त एउटै बिषय र बक्तब्य समयनुकुल छाप्दा कसरी कपी पेस्ट हुन्छ ?

लङ्ग अैइल्यान्डमा सम्पन्न रक्तदान होस् वा बोस्टनमा सम्पन्न महापुराणका समाचार होउन, ती प्रायश: अधिकारिक आउंछन । अधिकारिक ती समाचार कसरी कपी पेस्ट हुन्छन ? भित्तामा राखेर अन्तरवार्ता पढ्नेहरुका समाचारले मात्रा त अनलाइन चल्दैन । अत: आरोप लगाउने स्रोतका पनि स्पश्ट कारण हुनु आबश्यक छ । काम नगर्ने तर चर्चा खोज्नेहरुका चाकरीले मात्र त पत्रिकाको खर्च धान्दैन !

अन्तमा,
ईतिहासमा कुनै न कुनै योगदान दिएर आएका पत्रकारहरुको प्रयासको पत्रकारितालाई टोटल्ली खराब भन्नु गलत हो । प्रवासी नेपाली समाजका सकरात्मक पक्षहरुका समाचार प्रकाशित गरे मात्रै पनि भाग्य सम्झनु ठिक हुनेछ । किनकी यहाँ पत्रकारहरुले परिवारका माया मारेर तपाईंहरुका प्रचारका समाचार छापेका छन । परिवारको प्यार त्यागेर तपाईंंहरुको चाकरी गरेका छन, सत्य समाचारको साहाराले । तपाईहरुका द्रब्य तपाईंंहरुका श्रमले सिंचित हुन, त्यो थुप्रोबाट सय घट्दा एउटा स्वाभिमानी पात्रले प्राप्त गरेको सम्मानको खिल्ली नउडाउनुस् । समाज परिवर्तन कलमको साहरा लिने पत्रकारहरुले पनि खुराफातीहरुको लहैलहैमा आंगनीमा बसेर दोहोलो नकाट्नुस् ।

प्रेम जहाँ पनि पाईन्छ, फ्रेम पाउन समाजमा योगदान गर्नैपर्छ, त्यो चाहे खुल्लामन्चले देओस वा सिएनएनले !

जय अमेरिकी-नेपाली पत्रकारिता ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *