२०७८ असोज २ गते | 18th of September 2021

टेक्सासमा ‘लवक समाज’को पाँचौं वर्षगाँठ सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७५ माघ १३ गते १८:५९

लवक, टेक्सास- एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष सुनिल साहले एनआरएनको सदस्यता लिन आग्रह गरेका छन् । टेक्सासस्थित लवक नेपाली समाजले हिजो शनिबार आयोजित एक कार्यक्रममा बरिष्ठ उपाध्यक्ष साहले सो अनुरोध गरेका हुन् । एनआरएन अमेरिका आसन्न निर्वाचनलाई लिएर सदस्यता वितरण गरिरहेको वताउदै सदस्यता लिएर एनआरएन मुभमेन्टलाई सहयोग गरिदिन आग्रह गरे ।

उनले लवक नेपाली समाजले गएको भुकम्पमा गरेको आर्थिक सहयोग गरेकोमा प्रसंसा गर्दै एनआरएन अमेरिकामार्फत सहयोग गरेकोमा धन्यवाद प्रकट गरेका थिए । रेशम घर्तिको अध्यक्षतामा पॉचबर्षअघि स्थापना भएको लवक नेपाली समाजले नेपालमा भूकम्प, खानेपानी लगायतका सामाजिक कार्यमा सहयोग गरेको वताईएको छ । बरिष्ठ बैज्ञानिक एवं समाजकै पूर्व अध्यक्ष माधव पाण्डेले संस्थाले गएको भुकम्पमा सहयोग गर्न यहॉस्थित टेक्सास टेक विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूसँग मिलेर २३ लाख रूपयॉ बढी रकम संकलन गरेको थियो थियो ।

उक्त रकममध्ये १५ हजार डलरभन्दा बढी रकम एनआरएनमार्फत भूकम्पपीडितका लागि सहयोग गरेको पूर्व अध्यक्ष पाण्डेले संस्थाले गरेका कार्यक्रमहरू प्रस्तुत गर्नेक्रममा वताए । संस्थाले लमजुडस्थित श्री चन्द्रोदय प्राइमरी स्कुलमा स्वस्थ खानेपानीको स्थापनार्थ ८० हजार रूपैया सहयोग गरेको उदाहरणीय कार्यक्रम लगायत अमेरिकामा भाषा पाठशाला र टेक्सास टेक विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति लगायतका कार्यक्रममा सहयोग गरेको जानकारी पूर्व अध्यक्ष पाण्डेले वताए ।

करिब ३ सय नेपालीहरूको बसोबास गरेपनि नेपाल र नेपाली समाजकालागी यहॉका नेपालीहरूले उदाहरणीय कार्यक्रम गरेको आयोजक संस्थाका अध्यक्ष सुरेन्द्र गौतमले वताए । कार्यक्रममा टेक्सास नेपाली समाजका अध्यक्ष सुमन थापा, नेपाल अमेरिका पत्रकार संघ, नेजाका सचिब सुरज भण्डारी, व्लड डोनर्स अफ अमेरिकाका पूर्व अध्यक्ष एवं प्रमुख ल्लाहकार डा नन्द रेग्मी, क्लवका सदस्य शिव काफ्ले, इन्द्राणी सॉस्कृतिक संघका पूर्व अध्यक्ष तारा भुसाल, संघका बोर्डअफ ट्रस्टी जनक राना, संघका महासचिव जिबराज बुढा, समाजिक अगुवा शारदा रिमाल, जोलप्रसाद ढकाल लगायतले लवक समाजले गरेका कामको प्रसंसा गर्नुका साथै हातेमालो गरेर अगाडी बढ्ने वताए ।

संस्थाको पन्च बर्षगॉठको अबसरमा कविता, गीत र नृत्यसमेत प्रस्तुत गरिएको थियो । यसै अवसरमा ९ व्यक्तिहरूले रक्तदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *