२०७८ माघ ५ गते | 19th of January 2022

पत्रकार जयदेव गौतमलाई नेपाल अमेरिका पत्रकार संघको सहयोग

खुल्लामन्च
 प्रकाशित: २०७५ चैत १९ गते १६:१५

भर्जिनिया – नेपाल अमेरिका पत्रकार संघ नेजाले बरिष्ठ पत्रकार जयदेव गौतमको सहयोगार्थ गोफन्डबाट संकलित ५ हजार २ सय ७९ डलर ७५ सेन्टको चेक हस्तन्तरण गरेको छ । नेजाले ५ सय १ डलरको गोफन्ड एकाउन्ट खोलेर शुरु गरेको अभियानमा सहयोगीहरुले दिएको रकमले उक्त सहयोग गरेको हो ।पत्रकार गौतमलाई नेजाको सहयोग

संकलित रकम पत्रकार गौतमकै घरमा पुगेर नेजा डिसि मेट्रो क्षेत्रीय संयोजक लिलादेवी ओझाले सस्थापक अध्यक्ष गिरिश पोखरेल, कार्यसमितिका सदस्य निदेश अधिकारी, सदस्यहरु बाबुराम खरेल, लेखनाथ अधिकारी र सम्झना पोखरेल समक्ष पत्रकार गौतमलाई हस्तन्तरण गरेका थिए ।

Image may contain: Jaya Dev Gautam, sitting

बरिष्ठ पत्रकार जयदेव गौतम कान्तिपुर दैनिक लगायत विभिन्न सञ्चारमाध्यामहरुमा लामो समय पत्रकारिता गरेका थिए । भर्जिनियास्थित मनसास शहरमा श्रीमति र एक छोराका साथ बस्दै आएका पत्रकार गौतम विगत ८ महिनादेखि कम्मरमुन्तिरको भाग नचल्ने अवस्थामा उपाचार गरिरहनु भएको छ । नेजाले स्थापनाकालदेखिन समास्यामा परेका नेपाली पत्रकारहरुलाई बेला बेलामा आर्थिक सहयोग गदै आइरहेका छन ।