२०७८ माघ ९ गते | 23rd of January 2022

आध्यात्मिक भाव जगाउन गीताज्ञान महाअनुष्ठानको तयारी

खुल्लामन्च
 प्रकाशित: २०७५ चैत २५ गते ११:५३

काठमाडौँ – आगामी वैशाख २३ गतेबाट काठमाडौंको सीतापाइलामा ऐतिहासिक गीताज्ञान महाअनुष्ठान हुने भएको छ । नारायण आध्यात्मिक केन्द्रको निर्माणाधिन कार्य सम्पन्न गर्न तथा मानिसहरुलाई गीताको तार्किक, व्यवहारिक, वैज्ञानिक तथा समसामयिक व्याख्या गरी सवैलाई आध्यात्मिक भाव जगाउन अनुष्ठान सहयोगी हुने आयोजकको अपेक्षा छ । अनुष्ठानमा दैनिक वेदपाठ, रुद्राभिषेक, श्रीमद्भागवत पाठपारायण,तुलादान, भुमिदान,ब्रतवन्ध,विवाह, चौरासी पुजा ग्रहशान्ति,लक्ष्यदीप प्रज्ज्वलन,हवन,१००८ शालिग्राम पुजा तथा परिक्रमा हुनेछन् ।

महानुष्ठानको दैनिक कार्यतालिकामा योगसाधाना मण्डव पुजन, श्रीमद्भागवत् तथा गीता पाठपारायण, दाता सम्मान, विशिष्ट व्यक्तिहरुद्धारा शुभेच्छा प्रकटलगायतका लगायतका कार्यक्रम हुनेछन् । त्यस्तै महाअनुष्ठानको पूर्णहुती बैशाख ३० र कृतज्ञाता ज्ञापन बैशाख ३१ गने हुनेछ । महाअनुष्ठान मुल समारोह समितिका अध्यक्ष जयराम लामिछानेले बैशाख २३ देखि ३० गतेसम्म हुने अनुष्ठानका लागि भव्य तयारी भइरहेको बताए । उनले आध्यात्मिक भाव जगाउन तथा सकारात्मक सोचको उजागर गर्न अनुष्ठान आयोजना गर्न लागिएको जानकारी दिए ।

Image result for dinbandhu pokhrel

त्यस्तै उनले महाअनुष्ठानले ऐतिहासिक बद्रीनारायण धामसहित नारायण आध्यात्मिक केन्द्रको विश्वव्यापी प्रचार गरी नेपाललाई आध्यात्मिक केन्द्रको रुपमा विकास गर्न टेवा पुग्ने तथा आध्यात्मिक तथा धार्मिक पर्यटनको नाममा विदेशीने अर्बौको स्वदेशी धनराशीलाई स्वदेशमै परिचालन तथा प्रयोग गर्न राष्ट्रव्यापी जागरण पैदा गर्न महाअनुष्ठान सहयोगी बन्नसक्ने बताए ।

नारायण पोखरेल प्रतिष्ठान नागार्जुन– ७ रामकोटको आयोजनामा हुने अनुष्ठानमा वाचनप्रविण पण्डित दीनबन्धु पोखरेलले श्रीमद्भागवत गीताको बैज्ञानिक र व्यवहारिक पक्षको सव्याख्या गर्नेछन् । अनुष्ठान भव्य रुपमा सम्पन्न गर्न विभिन्न समिति र उपसमितिहरु गठन गरिएको र उनीहरुले आ–आफ्नो जिम्मेवारीअनुसार काम तीव्र रुपमा गरिएको आयोजकले जनाएको छ । अनुष्ठानमा रकम प्रदान गर्ने दातालाई दानवीर, विशिष्ट दानवीर, महादानवीर र परमदानवीर पदकबाट विभुषित गरिनेछ, रातोपाटीमा समाचार छ ।