२०८१ वैशाख ४ गते | 16th of April 2024
[gam_ad_position alias='home-header-logo-right']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']

एनआरएनए क्षेत्रीय संयोजकहरुद्दारा नेपालीहरुको उद्धारमा ईमान्दार पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण

[gam_ad_position alias='home-after-breking-news']
[gam_ad_position alias='home-after-breaking-newsmobile']
खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ ३२ गते ६:२५

अमेरिका – कोरोना कहरले प्रवासमा प्रताडित नेपालीहरुको स्वदेश फर्कने चाहनाको उद्धारमा ईमान्दारिता दर्शाउन एनआरएनए क्षेत्रीय संयोजकहरुले नेपाल सरकारलाई आग्रह गरेका छन । एनआरएनए अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठी, युरोप क्षेत्रका संयोजक नारायण आचार्य, मध्यपुर्व संयोजक प्रविन गुरुङ्ग र अफ्रिका क्षेत्रका संयोजक रोशन थापाले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै सो आग्रह गरेका हुन ।

क्षेत्रीय संयोजकहरुद्दारा संयुक्त रुपमा जारी विज्ञप्ती :

समय, परिस्थिती र बाध्यताले बिदेशीएका नेपालीहरु कोरोनाको कहरसंगै बिदेशमा भएको आफ्नो रोजगारीका अवसरहरु गुमाएर पुन स्वदेश मै फर्कनु पर्ने अबस्था आएको छ। तिन महिना लामो लकडाउन साथै बिना कमाईको बिदेश बसाईले बिहान बेलुकाको खानाको खर्च धान्न समेत मुश्किल भएर यतिखेर हजारौ हजार नेपालीहरु दोहोरो तेहोरो पिडामा बॉंच्न बिवश छन्। ढिलासुस्त गतिमा काम गर्ने सरकारी निति र कोरोनाको महामारी लाई आफ्नो द्रब्य आर्जन गर्ने अवसरको रुपमा लिने केहि अमुक व्यक्तिहरूको प्रभाबमा सरकार परेर थप आहत बनाएको छ।

मध्यपूर्व यूरोप, अफ्रिका र बिश्वका अन्य विभिन्न देशहरुमा रहेका नेपालीहरुको यथाशीघ्र उद्धार गरी अभिभाबकीय भुमिका निर्वाह गर्नुपर्नेबेला आफु निटकका ट्राभल्स एजेन्सीहरुको छनौट गरी उनीहरुले नै तोकेको चार्टर फ्लाईटमा महंगो भाडादर तिर्नुपर्ने वाताबरण बन्नु अत्यन्त दुखदायी बिषय हो। कठिनतामा आफ्ना नागरिकहरुलाई सहजता दिनुको सट्टा नेपाल सरकारले महंगो जहाज भाडा कायम गरी विदेशमा रहेका पिडित आफ्ना नागरिक हरुलाई विदेश मै कष्टकर जीवन विताउन बाध्य पार्न खोजेको हामीलाई महशुष भएको छ।विदेशमा कामगर्ने नेपालीहरूले नै पठाएको रेमीट्यान्सको ताकतमा उभीएको सरकारले बिपतको घडिमा यसरी गैर जिम्मेवार बन्नु बिदेशीएका हामी नेपालीहरूका लागी अत्यन्त दःखद कुरा हो।

अन्तमा, नेपाल सरकारले आफ्ना नागरिकहरुको उद्धारमा गर्ने कुनैपनि बाहनाबाजी हाम्रा निम्ति स्विकार्य छैन। आफ्नै पैसा तिरेर स्वदेश फर्कन चाहाने र हवाई खर्च जुटाउन नसक्नेहरुको लागी पनि संग संगै उद्धार ब्यबस्थापन गर्नुपर्दछ। देशको अर्थतन्त्रको लगभग एक तिहाई योगदान पुर्याउने बैदेशिक रोजगारमा रहेका धेरै श्रमिकहरु कोरोनाको महामारीको कारणले बिपतमा छन्। बैदेशिक रोजगारमा जानु अगाडी श्रमिकले जम्मा गरेको कल्याणकारी कोषमा छ अर्ब भन्दाबढी रुपियॉं थन्किएर बसेको छ। उक्त कोषको संचालन ऐनमा उल्लेख भएको ब्यबस्था अनुसार बिदेशमा महामारीको अबस्थामा उद्दारको लागि प्रयोग गर्नु पर्दछ। यसै बिषयमा गैर आबासीय नेपाली संघले सरकारलाई बुझाएको RELIEF, REPATRIATION and REHABILITATION PROGRAM मा सो रकम प्रयोग गरेर राहत तथा उद्दार गर्नुपर्ने माग राखेपनि सरकार चाँही महँगो भाडा तोक्नमै व्यस्त छ। हामी यथासक्य चाँडो अलपत्र परेका नेपालीहरूलाई नेपाल फर्काउने उचित प्रबन्ध मिलाउन नेपाल सरकार र सरोकारवाला सबैमा यसै बिज्ञप्ति मार्फत जोडदार माग गर्दछौ।

– राजन त्रिपाठी- संयोजक अमेरिका क्षेत्र

-नारायण आचार्य -संयोजक यूरोप क्षेत्र

-प्रबिण गुरुङ्ग – संयोजक मध्य पूर्व क्षेत्र

-रोशन थापा – क्षेत्रीय संयोजक अफ्रिका

गैर आवासीय नेपाली संघ,
अन्ताराष्ट्रिय समन्वय परिषद

One thought on “एनआरएनए क्षेत्रीय संयोजकहरुद्दारा नेपालीहरुको उद्धारमा ईमान्दार पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-above-rajniti']
[gam_ad_position alias='home-above-rajniti-mb']