२०७८ असार ११ गते | 25th of June 2021

बिहेको दिन पनि काम गर्न गएं -दिपेश श्रेष्ठ

खुल्लामन्च
 प्रकाशित: २०७६ असोज ५ गते १:२०

टेक्सास – अमेरिकामा रहेका नेपालीहरुको सफलता र भोगाईहरुलाई समेटेर तयार पारिने टेलिभिजन कार्यक्रम यु स्टाट अगेनमा यस पटक सफल युवा ब्यवसायी दिपेश श्रेष्ठले आफ्नो कथा सुनाएका छन् । टेक्सासको डल्लासमा रहेका नेपाली युवा ब्यवासयी दिपेशले दश बर्षमा राम्रो ब्यवसायीक सफलता हात पार्न सहज यात्रा नभएको सुनाएका छन् ।

हाल सयौंलाई रोजगार दिन सफल भएका दिपेशले आफुले आफ्नो बिहेको दिनमा पनि काममा गएको अनुभव सुनाएका छन् । दिपेशले भनेका छन् त्यतिबेला संघर्षको सयम थियो त्यसैले मैले बिहे भनेर बिदा पनि लिईन । सय भन्दा धेरै ग्यांस स्टेशनका मालिक दिपेशले हाल आईटि, रियल स्टेट लगायतका धेरै ब्यवसायमा हात हालेको भए पनि आफुले यति नै संख्यामा ब्यवासाय छन् भनेर भन्न खोज्दैनन् ।

अमेरिकादेखि नेपालसम्म ब्यवसायीक सफलता हात पारेका दिपेशले अधिकासं ब्यवसाय साझेदारिमा गरेका छन् । नेपालीहरु साझेदारी गर्न सक्दैनन् भन्ने आरोप गलत सावित गरेका दिपेश नयां सोंच र युवा बिचार हुनेहरुलाई सदैव ब्यवासया गर्न हौसला प्रदान गर्दछन् ।

प्रस्तुत छ, उनै श्रेष्ठसंग कार्यक्रम  ‘यु स्टाट अगेन’का लागि पत्रकार सूर्य थापाले उनि र उनको परिवार तथा साथीहरुलाई समेत सोधेर तयार पारेको यो भिडियो सम्वाद :

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *