२०७८ असार ५ गते | 19th of June 2021

राजन त्रिपाठी अमेरिकाज क्षेत्रका संयोजक पदका उम्मेदवार

खुल्लामन्च
 प्रकाशित: २०७६ असोज २९ गते ६:३९

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय परिषद सदस्य राजन त्रिपाठी अमेरिकाज क्षेत्र (उत्तर र दक्षिण अमेरिका) को क्षेत्रीय संयोजक पदमा उम्मेद्वार हुने भएका छन्।

तनहुँ जिल्लामा जन्मिएका त्रिपाठी पारिवारिक रुपमा राजनीति र सामाजिक क्षेत्रका व्यक्ति हुन्। त्रिपाठी बिधार्थी कालमा नेपाल बिधार्थी संघको राजनीति र पछि नेपाली काँग्रेस पार्टीसंग संबद्ध थिए। पछि अमेरिकामा पुगेर पनि नेपाली जनसम्पर्क समितिसँग संबद्ध थिए।

त्रिपाठी एनआरएनएमा भने २००७ तिर देखि नै सकृय थिए। राष्ट्रिय समन्वय परिषद परिषद (एनसीसी) अमेरिका भन्दा पनि उनि अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी) का गतिबिधिसँग नजिक थिए। सकृय रुपमा चाहिँ जीवा लामीछाने अध्यक्ष भएको समय देखि भएका हुन्। २००७ बाट नियमित रुपमा अन्त्राष्ट्रिय परिषद सम्मेलन र महाधिवेशन गतिबिधिमा सकृय त्रिपाठी महाधिवेशन प्रतिनिधि पनि हुँदै आएका छन्।

यसबाहेक थुप्रै संघ-संस्थाको नेतृत्व समेत संहालेका त्रिपाठी पछिल्लो समय अमेरिकाको डिसी महानगर क्षेत्रमा ब्यापार-ब्यबसाय गर्दै आएका छन्। नेपालमा हुँदा त्रिपाठी प्लान इण्टरनेशनल  (INGO) युनेस्को लगायत थुर्पै क्षेत्रमा पनि सकृय थिए।

एनआरएनएको पदिय जिम्मेवारी भने २०१७ मा अन्तराष्ट्रिय परिषद सदस्यबाट गरेका हुन्। हाल आएर अमेरिकाज क्षेत्रको लागि क्षेत्रीय संयोजकमा उम्मेदवार हुने कुरा उनले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *