२०७८ असोज ७ गते | 23rd of September 2021

देशभर एक हप्ता लक डाउन, आन्तरिक उडान समेत बन्द हुने 

खुल्लामन्च
 प्रकाशित: २०७६ चैत १० गते १४:३३

काठमाडौं –सरकारले भोली बिहान ६ बजेबाट देशभर लक डाउन गर्ने निर्णय गरेको छ ।उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड(१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले चैत ११ देखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि देशभर लक डाउन गर्ने निर्णय गरेको हो ।

यस अवधीमा सार्वजनिक तथा निजी सबै खालका सवारी साधानहरु पूर्ण रुपमा बन्द गरीने छ । साथै नागरिकहरुलाई घर बाहिर समेत ननिस्कन आग्रह गरेको छ । सरकारले ‘औषधि उपचार, खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाउने’ निर्णय गरेको हो।  यसैगरी, सरकारले अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा पूर्ण रोक लागउने निर्णय गरेको छ। सरकारले आन्तरिक व्यवसायिक उडान समेत बन्द गरेको छ।

स्वास्थ्य सुरक्षा, खाद्यवुस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन जस्ता अति आवश्यक सेवा बाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारीमात्र सरकारी कार्यालयमा उपस्थित हुने व्यवस्था मिलाउने निर्णय समेत सरकारले गरेको छ। साथै, सरकारले आवश्यकता परे अन्य कर्मचारीलाई तत्काल उपस्थित हुने गरी कार्यालय प्रमुखले बिदा दिन सक्ने व्यवस्था गरेको छ। सरकारले निजी क्षेत्रका उद्योग, कलकारखानाका कर्मचारीलाई सम्बन्धित उद्योगले  बिदा दिने व्यवस्था मिलाउने निर्णय समेत गरेको छ। कोरोनाभाइरसको संक्रमण फैलने जोखिमलाई कम गर्न सरकारले लकडाउनको निर्णय गरेको पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिए।

आज मात्रै सरकारले फ्रान्सबाट फर्किएकी एक युवतीमा कोरोनाभाइरस देखिएको जानकारी गराएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *