२०७८ माघ ८ गते | 22nd of January 2022

काठमाडौँपछि सबैभन्दा बढी कोरोना परीक्षण जुम्लामा

खुल्लामन्च
 प्रकाशित: २०७७ जेठ ११ गते १२:१०

काठमाडौँ – काठमाडौँपछि सबैभन्दा बढी कोरोना परीक्षण जुम्लामा भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण भए, नभएको पत्ता लगाउन पिसिआर परीक्षणको दायरा बढाउँदै गएको छ। स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा २२ वैशाखदेखि कोरोना पिसिआर उपकरण सञ्चालनमा आएको प्रतिष्ठानका अस्पताल निर्देशक डा मङ्गल रावलले बताउनुभयो ।

मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आईतबार  काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २२  हजार ७५५   जनाको पिसिआर परीक्षण  हुदा  जुम्लामा दुई हजार ७६० जनाको पिसिआर परीक्षणको तथ्याङ्क सार्वजनिक भएको छ ।तेस्रो स्थानमा भेरी अञ्चल अस्पताल रहेको छ । प्रतिष्ठानले माथिल्लो कर्णालीका पाँच जिल्ला जुम्ला, हुम्ला, डोल्पा, मुगु र कालिकोटमा परीक्षण गर्दै आएको छ। यसै  बीच नेपालमा  आईतबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जस्मा मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलवस्तु, गुल्मी र नुवाकोटका गरी १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।नेपालमा संक्रमितको संख्या ६ सय ३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।हालसम्म ८९ जना अहिले संक्रमणमुक्त भएका छन् भने ३ जना संक्रमितको भने मृत्यु भइसकेको छ ।