२०७८ असोज ७ गते | 23rd of September 2021

नेपाली पानीजहाजको ईतिहास

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ ६ गते १२:००

काठमाडौ –   बि सं २०२७ सालमै नेपालले पानीजहाज किनेको थियो, जसलाई नाम दिइएको थियो श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहकि बडामहारानीको नामबाट ‘नरेन्द्रलक्ष्मी’ । यसका प्रमुख लगानीकर्ता थिए रविशमशेर राणा ।

श्री ५ महेन्द्रबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले नेपालमा ‘पानीजहाज दर्ता ऐन, २०२७’ पनि पारित भएको थियाे । २०२७ चैत ३० मा राजपत्रमा प्रकाशित यो ऐन कार्यान्वयनमा नआए पनि राजनीतिक व्यवस्था परिवर्तनसँगै संशोधन हुँदै गएको थियो । पानीजहाज ऐन दर्ताको क्रममा पानीजहाजको नामकरण देखि लिएर पानीजहाजको राष्ट्रियता नेपाली हुनेसम्मको व्यवस्था भएको थियो। साे समयमै यात्रुबाहक, मालबाहक र ट्यांकर गरी तीन प्रकारको पानीजहाज सञ्चालन गर्ने तयारी भएको थियो । यसै सिलसिलामा ‘रोयल नेपाल सिपिङ कर्पोरेसन’ नामक संस्था स्थापना भई जहाजसमेत खरिद गरिएको थियो। पानीजहाज सञ्चालनका लागि तत्कालीन समयमा ५ सय नेपालीलाई साे सम्बन्धी तालिम पनि दिइएको थियो।

पानीजहाज खरिद प्रक्रिया अघि बढ्ने क्रममा तत्कालीन श्री ५ अधिराजकुमार ज्ञानेन्द्रकै नेतृत्वमा पानीजहाज खरिद गर्न कम्पनी पनि खडा भएको थियो। हाल निर्वाचन आयोगको कार्यालय भएको बहादुर भवनमा पानीजहाजको कार्यालय नै स्थापना भएको थियो। उक्त कम्पनीले पानीजहाज खरिदका लागि भारतको इस्टर्न नेभिगेसनसँग कुरा अघि बढाएको थियो भने बेलायती कम्पनीसँग पनि कुरा भएको भएको थियो। पानीजहाज बेलायती कम्पनीबाट खरिद गर्ने भएपछि नेपालले पहिलो किस्तास्वरूप बुझाएपछि कोलकाता बन्दरगाहमा नेपाली झन्डा फरफराउँदै पानीजहाज आइपुग्यो। तर, त्यहाँबाट अगाडि बढ्न नेपाली पक्षले खरिदको दोस्रो किस्ता बुझाउनु अनिवार्य थियो। दोस्रो किस्ता बुझाउन नसकेपछि नेपालको सरकारलाई जमानी बस्न गरिएको आग्रह अर्थ मन्त्रालयले अस्वीकार गरिदियो । करोडौँ डलरको जमानी बस्न सरकार डराएपछि झन्डै २२ दिनसम्म कलकत्ता बन्दरगाहमा रोकिन पुगेको नेपाली पानीजहाज त्यहीँबाट फिर्ता भयो। त्यसको केही समयपछि पानीजहाज समुद्रमा डुबेको बताइन्छ । साे समय पानीजहाज डुबे पनि नडुबे पनि तत्कालिन श्री ५ अधिराजकुमार ज्ञानेन्द्रको पैसा भने डुबेकाे थियाे।

यसपछि बि. सं. २०३४ सालमा फेरि दरवारबाट पानीजहाज भित्र्याएर व्यवसाय बढाउने योजना अगाडि आएकै समय नेपालमा पानीजहाज ल्याउनु कुनै पनि दृष्टिकोणले फाईदाजनक नभएको अभिव्यक्ती तत्कालिन अर्थमन्त्री भेषबहादुर थापा तथा उद्याेग वाणिज्य सचिव देवेन्द्रराज पाण्डेबाट आयो । यस अभिव्यक्तीका कारण दुबै जना पद मुक्त पनि गरिएका थिए ।

(श्रोत:- पुरानो नेपाल)

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *