२०७८ जेठ २९ गते | 12th of June 2021

सोमवार देशभर दुई हजार चार सय ४० जनामा कोरोना संक्रमण पुष्टि

खुल्लामन्च
 प्रकाशित: २०७७ असोज १९ गते १४:२५
काठमाडौँ – कोरोना सङ्क्रमणका कारण आज काठमाडौँ उपत्यकामा १२ सहित देशभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले आज कोरोना सङ्क्रमणका कारण देशभर ५ महिला र १४ पुरुषको मृत्यु भएको जानकारी दिनुभयो ।
सङ्क्रमणबाट काठमाडौँमा ९, ललितपुरमा ३, सर्लाहीमा २ जना, सुनसरी, पर्सा, चितवन, गोरखा र नवलपरासी पूर्वमा १/१ जनाको मृत्यु भएको प्रवक्ता प्रा. डा. गौतमले जानकारी दिनुभयो । यो सँगै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको कुल सङ्ख्या ५ सय ५४ पुगेको छ ।
मन्त्रालयका अनुसार आज देशभर दुई हजार चार सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा १३ हजार ७ सय ८१ जनामा रियल टाइम पीसीआर परीक्षण गर्दा ९ सय ३७ महिला र एक हजार ५ सय ३५ पुरुषमा संक्रमण पुष्टि भएको प्रा. डा गौतमले जानकारी दिनुभयो ।
यस्तै आज काठमाडौँमा एक हजार एक सय ७८, ललितपुरमा २ सय ५० र भक्तपुरमा एक सय ३ जना गरी काठमाडौँ उपत्यकामा एक हजार ५ सय ३१ जना संक्रमित थपिएका छन् ।
आज देशभर नयाँ संक्रमित थपिएका ६२ जिल्ला मध्ये सुनसरीमा एक सय २२, चितवनमा एक सय ३, रौतहटमा ८४, नवलपरासी पूर्वमा ६६, रुपन्देहीमा ५८ र मोरङमा ५५ जना छन् भने  बाँकी अन्य जिल्लामा ५० भन्दा कम सङ्ख्यामा संक्रमित भेटिएका छन् । यो सँगै हालसम्म कोरोना संक्रमित हुनेका कुल सङ्ख्या ८९ हजार २ सय ६३ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै आज थप एक हजार एक सय ३३ जना कोरोना भाइरसको संक्रमण मुक्त भएसँगै हालसम्म सङ्क्रमणपछि निको हुनेको सङ्ख्या ६५ हजार दुई सय २ जना पुगेको प्रवक्ता प्रा.डा गौतमले जानकारी दिनुभयो ।
मन्त्रालयका अनुसार आज देशभर ७३ जिल्लामा २३ हजार ५ सय ७ जना सक्रिय संक्रमित रहेका छन् ।  सक्रिय संक्रमितहरु मध्ये १२ हजार तीन सय १६ जना होम आइसोलेसनमा र ११ हजार एक सय ९१ जना संस्थागत आईसोलसनमा रहेका छन् । यस्तै गम्भीर लक्षण भएका २ सय ४४ जना आइसियु र ४३ जना भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
यस्तै, मन्त्रालयले कोरोना संक्रमण दिन प्रतिदिन वृद्धि भइरहेको कारण समय अनुकूल भई चाडपर्व मनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले सहर बजारमा चलहपहल बढेको पाइएको भन्दै चाडपर्वमा भेटघाट तथा जमघट गर्ने प्रचलन भए पनि संक्रमण बढ्ने जोखिम रहेको हुँदा सबैले जीवनशैलीमा परिमार्जन गरी चाड पर्व मनाउन आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *