२०७८ असोज ७ गते | 23rd of September 2021

कोरोना भाईरसको सङ्क्रमणबाट तनहुँमा एकै परिवारका तीन जनाको मृत्यु

खुल्लामन्च
 प्रकाशित: २०७७ असोज २७ गते १५:२२

काठमाडौं- कोरोना भाईरसको सङ्क्रमणबाट तनहुँमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । भिमाद नगरपालिकाको भिमाद बस्ने ९८ वर्षीय धर्मकुमार श्रेष्ठ, निजका छोराहरु ७४ वर्षका कृष्णकुमार र ७१ वर्षका विष्णुकुमारको मृत्यु भएको हो ।
धर्मकुमार राजधानीको विएण्डबी अस्पतालमा उपचारको क्रममा आईतबार मृत्यु भएको थियो । यसअघि शनिबार उहाँको माईलो छोराको कृष्णकुमारको पनि राजधानीमै उपचारको क्रममा मृत्यु भएको थियो । र साईलो छोरो विष्णु कुमारको सोमबार निधन भएको हो । एकै परिवारको तीन जनाको मृत्यु भएपछि भिमाद बजार शोकमा डुबेको छ ।
उहाँहरु तीनै जनाको कोराेना सङक्रमणबाट मृत्यु भएको जेठो छोरा ७७ वर्षका रामकुमार श्रेष्ठको राजधानीमै सघन कक्षमा उपचार भईराखेको मृतक धर्मकुमारका ज्वाई तथा नेकपा गण्डकी प्रदेशका सदस्य शङ्कनारायण श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार धर्मकुमारका नौ जना परिवारमा कोरोनाको सङ्क्रमण भएको थियो । बुबा धर्मकुमारलाई चितवन मेडिकल कलेजमा उपचारको क्रममा उहाँहरुलाई सङक्रमण भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *