२०७८ जेठ ३० गते | 13th of June 2021

चिनियाँ रक्षामन्त्रीलाई नेपाली सेनाको सम्मान ( तस्बीर )

खुल्लामन्च
 प्रकाशित: २०७७ मंसिर १४ गते १२:३९
काठमाडौँ – नेपाल  भ्रमणमा रहनु भएका चीनको राज्य परिषद् सदस्य तथा रक्षा मन्त्री वेइ फेङ्हे लाई नेपाली सेनाको मुख्यालय भद्रकालीस्थित जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारद अर्पण गरेको छ ।   
रक्षा मन्त्री वेइ फेङ्हे र प्रधानसेनापति पूर्णचन्द्र थापाबिच अहिले द्विपक्षीय वार्ता भएको  नेपाली सेनाले जनाएको छ ।
मन्त्री वेइ फेङ्ले  राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग  बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुहुने कार्यक्रम छ ।
मन्त्री वेइ आजै स्वदेश फर्कनुहुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *