२०७८ असोज ६ गते | 22nd of September 2021

२९ गते हुने काँग्रेसको प्रर्दशन रोक्न ओलीले थाले संबैधानिक आयोगमा नियूक्तिबारे छलफल

खुल्लामन्च
 प्रकाशित: २०७७ मंसिर २६ गते १५:४१

काठमाडौँ–प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले यहि २९ गते सरकार बिरुद्द देश व्यापी प्रर्दशन गर्न लागेका बेला यसलाई रोक्न सरकारले सबैधानिक आयोगहरुमा नियुक्तिको पासा फालेको छ । हाल ४० भन्दा बढि सबैधानिक आयोगहरुका पद रिक्त रहेका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज काँग्रेस सभापति शेरबहादुर देउवालाई बोलाएर यस बारेमा छलफल गरेको वताएका छन । बालुवाटारमा भएको भेटमा ओलीले केही पदमा सिफारिस गर्न सभापति देउवालाई आग्रह गर्दे संबैधानिक परिषदका बैठक आईतावारका लागि राखिएको जानकारी गराएका छन ।

आइतबार विहान नौ बजेका लागि संवैधानिक परिषद्को बैठक डाक्ने सहमति भएको छ । प्रमुख प्रतिपक्षी दलका नेता संवैधानिक परिषद्को सदस्य रहने संवैधानिक व्यवस्था रहेको छ । भेटघाटमा नेपाली कांग्रेसका नेता रमेश लेखक र उपनेता नेम्वाङको समेत सहभागिता रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *