२०७८ असोज २ गते | 18th of September 2021

नेपालमा नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमण पुष्टि

खुल्लामन्च
 प्रकाशित: २०७७ माघ ५ गते १४:१३

काठमाडौं-   बेलायताबाट फर्किएका तीन जनामा नयाँ प्रजातिको भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दैै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसको पुष्टि गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले हस्ताक्षर गरेको बिज्ञप्तिमा बेलायतबाट आएका तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि भएको उल्लेख छ । हङकङस्थित प्रयोगशालामा गरिएको परीक्षणमा तीन जनामा नयाँ प्रजातिको कोरोना देखिएको जानकारी विज्ञप्तिमा उल्लेख छ । केही दिनअघि बेलायतबाट आएका छ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि उहाँहरुलाई कोरोनाको नयाँ प्रजाति हो वा हैन पत्ता लगाउन विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङको प्रयोगशालामा नमूना पठाइएकामा तीन जनामा नयाँ कोरोनाको प्रजाति रहेको पुष्टि भएको हो ।
हङकङबाट सोमबार नमूनाको रिपोर्ट आएकोमा बेलायतबाट फर्किएकामध्ये २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय पुरूषमा देखिएको भाइरस यसअघि बेलायतमा देखिएको नयाँ भेरियन्टसँग मिलेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नयाँ प्रजातिको कोरोना संक्रमण देखिएकामध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरूष संक्रमणमुक्त भइसकेका र ६७ वर्षीय पुरूषमा पनि कुनै लक्षण नदेखिएको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *