२०७८ असोज १० गते | 26th of September 2021

सुस्ताएको न्यान्स, नयाँ पुस्ताले पाउलान त चान्स !

खुल्लामन्च
 प्रकाशित: २०७७ माघ २१ गते १५:३३

सानफ्रान्सिस्को – बे एरियाको २६ बर्ष पुरानो संस्था नेपलिज एशोसिएशन अफ नर्दन क्यालिफोर्निया (न्यान्स) र नेपाली कम्यूनिटि सेन्टर (एनसीसी) सानफ्रानसिस्को बे एरियामा सामुदायिक भवन बनाउने मूल उद्देश्य प्राप्तिकोलागि सर्बसहमतिमा दुई बर्षअघी एउटा कार्यसमिती चयन भएको थियो। आज सो कार्यसमितीको पदावधी सकिएको छ, कोरोनाकहरमा जनसमुदायलाई सहयोग बितरणकार्य सर्हानिय छ। संस्था आज जुन परिबेशमा छ र जे जती उपलब्धीहरु हासिल भएको छ, त्यसमा अनगिन्ती आदर्णिय अग्रजहरुको असंख्य समय,श्रम र मेहेनतले सम्भव भएको यथार्थलाई जिबनपर्यन्त सराहना र सम्मान गर्नु हाम्रो कर्तब्य हुनेछ।

त्यसको अलावा आज बे एरियाबासी नेपाली जनता जान्न चाहन्छन, भवन निर्माणको लागि जग्गा खरिदको काम पूर्वकार्यसमितीबाट गरिसकिएको थियो अहिलेको त्यो जग्गामा निर्माणका के कस्ता सत्कर्मका प्रयासहरु भए ? कस्ता स्रोतहरु परिचालन गरियो ? संस्थाले दाताहरुबाट कति रकम सन्कलन गर्‍यो ? किन संस्थाको सपनाहरु, योजनाहरु, लक्ष्यहरु, निर्णयहरु, सुचनाहरु समुदायले पाउनबाट बन्चित गरियो ? हिजो पदमा आसिन हुँदै गर्दा खाएका बाचाकसम, प्रतिवद्दताहरु के कति पुरा भए ? के समुदायको लगानी हलुवामा बालुवा भएकै त हैन, कि बालुवामा पानी भएको हो ? संस्थाका प्रतिनिधिबाट गैरजिम्मेवारपनाको पराकाष्टाले सिमा नाघ्दा भोलिको दिनमा सबैकुरा पैसाले किन्न मिल्ला तर इमान्दारिता र विश्वास किन्न नमिल्ला । एकोहोरो रोटी पाक्दैन, डढ्नथाल्छ भनेझै त भईरहेको छैन ? No description available.

समुदायमा सद्भाव, समझदारी र सहकार्य जरुरी थियो त्यस्तो स्थिति सिर्जना गर्न किन सकिएन ? एकआपसमा मनहरु फाटेका छन, सुमधुर सम्बन्धहरु दुर्बल हुँदै गएको छन । सर्वसम्मत नेत्रित्व चयन हुने तर संस्थागत उपलब्धि प्रायशुन्य हुनुले सहयोगदाताहरुमा नैराश्यताको सिमा चरमचुलीमा कसरी पुग्यो ? संस्थागत उद्देश्य प्राप्त गर्न गम्भीर बहस सुरु गर्ने बेला के अझै भएको छ ? कार्यकाल सकिदै गर्दा नयाँ कार्यकालको सभाको निम्ती नयाँ सदस्यताको आव्हान र पुरानाको नबिकरणको सुचना पहिलो काम हुनुपर्ने थियो तर किन त्यती सुक्ष्म प्रकृया चालिएन ? डरलाग्दो मौनताले के संकेत गर्दै छ ? हिजोको दिनमा आफ्नो कार्यकालमै सामुदायिक भवन निर्माण गरेरै छाड्छु भन्ने छट्पटी स्तुतिय थियो तर छटपटाहट अनुसारको जिम्मेवार कुर्सिमा बसेका पदाधिकारी उदेश्य प्राप्ति प्रतिको अज्ञानता दर्दनाक अन्योलपूर्ण छ। No description available.

रक्षक नै भक्षक
कुनै पनि संस्थाको सफलता र असफलता त्यसको सिङगो कार्यसमितीमा निहित हुन्छ तर यहाँ कार्यसमितीमा आसिन नेत्रित्व आफ्नो जिम्मेवारीसँग अनभिग्य देखियो। बे एरियाको समाजको अग्रणी संस्थाको हैसियतले एउटा नमुना सस्थाको स्थान ओगट्न सफल हुन सक्नु पर्दथ्यो । सबैखाले पारदर्शिताको उच्चतम तहमा विश्वाशको वातावरण निर्माण जरुरी थियो। नेत्रित्व समुदायको चाहना र भावना भन्दा फरक मार्गतर्फ अग्रसर देखियो। संस्थाको एउटा पदमा आसिन ब्यक्ती अर्को संस्थाको पनि पद हडप्नु र केही सिन्को पनि नभाच्नु अनी टिममा बिभाजन ल्याउनुले पनि संस्था प्रतिको विश्वाश गुमेको छ, थप फोहोरी राजनीतिक रङको होलिले संस्था कुरुप बनाएको छ। साच्चै समुदायको सदस्यहरुबाट असहयोग पो भयो कि ? स्रोत साधनको कमी भयो कि ? आफ्नो पद्को जिम्मेबारी र मर्यादाको हेक्का नहुनेले उक्त पदमा आसिन नै नहुनु र पदिय दुरुपायोग नगर्नु ब्यक्ती र संस्थाकै निम्ती स्वस्थकर हुन्छ। संस्थाभित्र पनि संबिधान हुन्छ, संस्थागत सुशासन, पारदर्शिता, सदाचार भन्ने मानकलाई अङिकार नगर्नु निरासापूर्ण छ।

अब के गर्ने ?
गुट उपगुटको निर्माण अन्त्य गरौ । मनबाट भनौ हामीलाई भवन चहिएको छ र मनकारी भावनाहरु पनि असीमित खांचो छ। समुदायलाई कसरी मिलाएर लाने ? समाजलाई कसरी टुक्रनबाट बचाउने ? कसरी आपसी समझदारीमा नेतृत्व निर्माण गर्ने ? जस्ता शीर्षकमा सयौँ कोठे बैठकहरू हुनु पर्छ। १५/२० जना मान्छे एउटा बन्द कोठामा बसेर कुनै निर्णय गरिन्छ भने त्यो निर्णय समग्र बे एरियाको निर्णय हुन सक्दैन । २/४ जना मान्छेले समाजलाई फन्फनी घुमाउनु हुँदैन, कब्जा र नियन्त्रणको खेती बन्द गरिनु पर्छ । समाजका हर सदस्यहरूले निर्णय प्रक्रियामा सामेल हुन पाउनु पर्छ। हाम्रो उद्देश्य भनेको नेपाली कम्यूनिटी सेन्टर (एनसीसी) निर्माण हो । यसका लागि न्यान्समा गतिलो क्षमताबान नेतृत्व मिलाएर निर्माण गर्न सकियो भने काम गर्न सजिलो हुन्छ अबको नेतृत्व लिन आउने नेतासँग यस सस्थाको मिसन, भिजन, स्पिरिटलाई बुझेको हुन आवश्यक छ । सबैको भावना र उद्देश्य मिलेर मिलाएर लैजाने टिमको मिहिन ढंगले निर्माण गरौं। सबै आ-आफ्नो ठाउंबाट सकारात्मक प्रयास गरौ । बिगार्ने भत्काउने सोचाईबाट मुक्त होऔं । हाम्रो मेहेनत पसिना जोडिएको सपनालाई साकार पार्न मिल्नुको विकल्प छैन । कोही कुनै संस्थामा पटक पटक विभिन्न पदमा बस्यो भन्दैमा सो व्यक्ति नै सो संस्थाको अध्यक्ष बन्नु पर्ने भन्ने हुँदैन । कुनै पनि सक्षम व्यक्तिले आफ्नो दावेदारी प्रस्तुत गर्न सक्छ, सक्षम छ भने जनताले आफ्नो अमूल्य मतदानबाट सो को निर्णय गर्छन् या सार्वजनिक भेलाले चयन गर्न सक्छ, जसरी छिमेकी अग्रणी संस्था श्रीपशुपतीना फाउण्डेशन लस एन्जसलमा भएको छ ।

असल मनसायले गरिएका असल प्रयासहरूलाई अतिरञ्जित गरेर आफ्नो अनुकुलतामा व्याख्या गर्ने व्यवसायको अन्त्य गर्न सकियो र बन्द कोठामा बसेर ‘कब्जा र नियन्त्रण’ को जालो बुन्ने प्रबृती र प्रचलनको अन्त्य गर्न सकियो भने यो नै असल समाज निर्माणको शुरुवात हुनेछ ।

संस्कृतमा एउटा लोकोक्ति छ- “न कुपखननं युक्तम प्रदिप्ते वहिन्न न कूपखननं युक्तं प्रदीप्ते वह्निना गृहे” अर्थात्-घरमा आगो लागेपछि (आगो निबाउन चाहिने पानी झिक्न) कुवा खन्नु उपयुक्त हुँदैन। वेलैमा सावधान भएर पूर्वतयारी गर्नुपर्छ । बे एरियामा सामुदायिक भवन बनाउने अभियानमा धेरै समय र पैसा दान गर्नेहरुको सपना पनि ज्युदै छन र र दान गर्न नसकेको समुदायको सपना अझै मरेको छैन ।

र अन्तमा,
समुदायले जितोस, सबैको हार होस्,
सामुदायिक भवनले जितोस, गुट-उपगुटले हारुन।
एउटै घरभित्र कसैको हारमा कसैको जित हुँदैन,
दाजुभाइले चुटेर कसैको हित हुँदैन ।
एकतामा बल हुन्छ अनुशासन हुन्छ ठुलो,
यि गुण जस्सको हुन्छ, उसैको हुन्छ भलो !

श्रीपशुपतिनाथले सबैको कल्याण गरुन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *