२०७८ असोज १० गते | 26th of September 2021

संसद विघटनविरूद्ध परेका रिटमा एमिकस क्युरीको बहस सुरू,विघटनको उद्देश्य दुराशयपूर्ण देखिएको निष्कर्ष

खुल्लामन्च
 प्रकाशित: २०७७ फागुन ४ गते १४:५३

काठमाडौ-  संसद विघटनविरूद्ध परेका रिटमा पक्ष-विपक्षका वकिलहरूको बहस सकिएपछि आजदेखि एमिकस क्युरीको बहस सुरू भएको  छ ।मंगलबार वरिष्ठ अधिवक्ता बद्री बहादुर कार्कीले राय दिन सुरू गरेका छन्।  मंगलबार दिनभर इजलाससमा राय राखेका उनले प्रधानमन्त्रीलाई विघटनको अधिकार भए पनि अहिलेको विघटन सिफारिस संवैधानिक मान्न नसकिने बताए । तर, प्रधानमन्त्रीलाई विघटनको अधिकार भने रहेको उनको भनाइ थियो ।

कार्कीका केही तर्कले अहिलको विघटन असंवैधानिक भन्ने रिट निवेदकको जिकिरसँग मिल्दो थियो भने प्रधानमन्त्रीलाई विघटनको अधिकार रहेको भन्ने तर्क प्रधानमन्त्री र सरकारी वकिलको दाबीसँग मिल्दो थियो । पार्टीको सचिवालयमा भएको विवादका कारण गरिएको अहिलेको विघटनको उद्देश्य दुराशयपूर्ण पनि देखिएको उनको निष्कर्ष थियो ।

एमिकस क्युरीको काम मुद्दाको फैसला गर्न इजलासलाई सहयोग गर्ने हो। सरकारले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि त्यसविरूद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *