२०७८ असोज १२ गते | 28th of September 2021

सरकारसँग बार्तामा बस्ने बिप्लवको संकेत

खुल्लामन्च
 प्रकाशित: २०७७ फागुन ८ गते ११:४६

काठमाडौ  – सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक रहेको धारणा सार्वजनिक गरेको छ । महासचिव विप्लवले शनिबार विज्ञप्ति जारी गर्दै आफूहरू सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक रहेको जनाएका हुन् ।

 

‘हाम्रो क्रान्ति, राष्ट्र, समाज, अग्रगामी एवं जनसमुदायको हित र अधिकारका लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आमजनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौँ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *