२०७८ असोज ७ गते | 23rd of September 2021

मुख्यमन्त्री राई हेलिकप्टर चढेर ससुराली पुगेपछि …

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत ३ गते १४:३४

काठमाडौं- नेकपा एमालेको नेतासमेत रहेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई हेलिकप्टर लिएर ससुराली पुगेका  छन् । केही समयअघि आफूभन्दा आधा उमेर कान्छी युवतीसँग विवाहबन्धनमा बाँधिएका राई श्रीमतीका साथ् हेलिकप्टर चार्टर गरेर आज ससुराली गएका हुन् ।राई दम्पत्ति हेलिकप्टर अगाडि उभिएको फोटो सार्वजनिक भएको छ ।

राईकी श्रीमती जाङ्ग्मु  शेर्पाले फेसबुकमा फोटो शेयर गर्दै हेलिकप्टर चढेर माइती हिँडेको जानकारी गराएकी छन् । ‘भर्खरै आफ्नो जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमण मेरो श्रीमान माननीय शेरधन राई र सबै सपरिवारका साथ गर्न पाउँदा असाध्यै खुशी लाग्यो ! म त जन्मिएको मात्रै,मेरो गाउँ अति नै सुन्दर रहेछ !! सबैले न्यानो स्वागत र सत्कार गरे थिए, धेरै खुशी लाग्यो !’, उनले लेखेकी छन् ।

आफूहरु हेलिकप्टर लिएर पुगेका उनीहरुले गाउँको विकास नभएकोमा दु’खेसो गरेका छन्। शेर्पाले अगाडि लेखेकी छन्, ‘मेरो गाउँ र ठाउँको लागि केही गर्नुपर्ने महसुस गरें, किनकि त्यहाँ सडक, बिधुत,शिक्षा,स्वास्थ्य र सञ्चारलगायतको पहुँचले जनतालाई जोड्न बाँकी रहेछ, अवश्य नै म र मेरो श्रीमान माननीय मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण भएको छ ! सबैप्रति हार्दिक आभार ब्यक्त गर्दछु !’

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *