२०७८ साउन ९ गते | 24th of July 2021

एमाले नेपाल समूहको वाग्मती प्रदेशमा समानान्तर कमिटी

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत २४ गते ८:१९

काठमाडौं – नेकपा (एमाले) वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले वाग्मती प्रदेशमा समानान्तर कमिटी बनाएको छ । कमिटीको संयोजकमा अष्टलक्ष्मी शाक्य चयन भएकी छन् ।

सहसंयोजकमा केदार न्यौपाने, पशुपति चौलागाईं चयन भएका छन् । त्यस्तै, सचिवमा रचना खड्का चयन भएकी छन् । नेता नेपालले आजै १७५ सदस्यीय प्रदेश कमिटीको शपथ ग्रहण गराएका छन् । कार्यक्रममा बोल्दै नेता नेपालले वडा तहसम्म समानान्तर कमिटी बनाउने उद्घोष गरे । खनाल–नेपाल समूहले वाग्मती प्रदेशअन्तर्गतका १३ जिल्लामा समानान्तर कमिटी पनि बनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *