२०७८ वैशाख ८ गते | 21st of April 2021

अस्टिनमा पोखराका थापाको अज्ञात समुहको गोली प्रहारले मृत्यु

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत २५ गते १७:२२

अस्टिन – टेक्सासको अस्टिनमा पोखराका रमेश थापाको अज्ञात ब्यक्तिको गोली प्रहारले मृत्यु भएको छ । मंगलबार राती करिव साढे १२ बजे ग्यांस स्टेशनको आफ्नो काम घर फर्किरहेको अवस्थामा थापा बस्ने अपार्टमेन्ट कम्प्लेक्स भित्र भएको यस दुखद घटनामा ज्यान गुमाएका उनी आफ्ना भाईसंगै बस्दथे ।

गोली हानिएको सुचना पाए लगत्तै प्रहरी घटनास्थल पुगेको भएपनि यस अघि नै उनको मृत्यु भै सकेको र हाल उनको शब पोस्टमार्टमको लागि अस्पताल लगिएको छ ।

नेपालीहरुको बाक्लो बसोबास रहेको टेक्ससको अस्टिनमा सुन्दर सपना बोकेर झण्डै एघार वर्ष अघि थापा मेक्सिसको हुदै अमेरिका आएका थिए । तीन वर्ष अघि मात्र भाई लक्ष्मण पनि अमेरिका आएका थिए ।आफ्ना दाजुको दुखद निधन पछि भाइ लक्ष्मण भावविह्वल बनेका छन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *