२०७८ कार्तिक १० गते | 27th of October 2021

कोरोना संक्रमणका वीच भक्तपुरमा बिस्काः जात्रा

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत २८ गते १५:००

काठमाडौ – सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्काः जात्रा विना स्वास्थ्य मापदण्ड अनुसार नै मनाएका छन् ।
जात्रा हेर्न आउने कोहीको नाकमुखमा मास्क देखे पनि बाँकीले भने मास्क विना नै जात्रामा रमाइरहेका थिए । कोरोना भाइरस सङ्क्रमण दोस्रो लहर आउने डरको कारण जात्रामा स्वास्थ्य मापदण्ड सहित मनाउन आग्रह गरेपनि धेरैले पालना गरेको थिएन् । भक्तपुरका नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पहिलो दिनको जात्रा व्यवस्थित र शान्तिपूर्ण तरिकाले सम्पन्न भएको जानकारी दिनुभयो । जात्रामा सहभागिले स्वास्थ्य मापदण्डलाई पालना नगरेकोमा दुःख ब्यक्त गर्दे भन्नुभयो, हामीले घर घरमा गएर माक्स, स्यानिटाइजर वितरण गरेका थियौ ।
सबैलाई सचेतनाको लािग माइकिङ गर्ने तथा मास्क वितरण गर्ने जानकारी प्रजापतिले दिनुभयो ।
गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख आनन्दप्रसाद कर्माचार्यले भैरवनाथको रथ दिनको २ बजे तान्न सुरु गर्ने भनेतापनि अलि ढिला भएको जानकारी दिदै ५ः३० बजे सम्म भैरवनाथको रथ गःहिटीमा खः थाते लाकेगु (रथ ठाउँमा राख्ने) पनि जानकारी दिनुभयो ।
जात्रामा सहभागी स्थानीय पुरुषोतम देउलाका भन्नुभयो, पहिलेको भन्दा रथ भने छिटो तानेको छ । जात्रामा सहभागीले भौतिक दुरी कायम गर्ने भन्ने सम्भव नहुने प्रष्ट पार्दे स्वास्थ्य मापदण्ड अपनाए राम्रो हुने अनुभव ब्यक्त गर्नुभयो ।
टौमढीस्थित ङातापोल (पाँचतल्ले मन्दिर) अगाडिबाट भैल खः (भैरवनाथको रथ) तानातान गर्दै शुरुआत गरिएको थियो, देउलाले थप्नुभयो, पहिले जस्ता तानातान भएन भने शान्तिपूर्ण तरिकाले रथलाई ठाउँमा पुर्याइएको छ ।
काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीन तल्ले रथमा रथभित्र भैरवनाथको मूल देवता र अगाडि बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट थने(माथिल्लो) र क्वने(तल्लो) टोलतर्फ तानातान गर्न थालेपछि यो वर्षको जात्रा सुरु हुन्छ ।
जात्राको मुख्य आकर्षण नै रथ तानातान गर्नु हो । यसरी तानातान गर्ने क्रममा थनेतर्फ पहिला तानेर लानसके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः टौमढीहुँदै क्वनेतर्फको टेखापुखुसम्म ल्याएर त्यहाँबाट पनि फर्काएर गःहिटीमा रथ पु¥याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुने गर्दछ ।
यसवर्ष भैल खः टौमढीबाट पूर्वमा बढीमा बुलुबुलु हिटी (सुकुलढोका) र पश्चिममा बढीमा नासमनासम्म मात्र लान लगिएको थियो ।
संस्कृतिविद् एवं इतिहासविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठको अनुार भक्तपुर टौमढीस्थित यक्ष मल्लको पालाको शिलालेखमा पहिलो पल्ट जात्रालाई सम्बोधन गर्दा विश्व जात्रा भनी उल्लेख गरिएको छ । त्यसैगरी भक्तपुरको राजदरबारमा नेपालसम्वत् ८०८ र ८१८ को राजा जीतामित्र र भूपतिन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा विस्क्यात शब्द उल्लेख छ । तलेजुमा अहिलेसम्म चल्ने बिस्का जात्राको संकल्प पूजामा विश्वजात्रा महापर्व भनेर सम्बोधन गरिन्छ’, उहाँ भन्नुहुन्छ, ‘यी प्रमाणका आधारमा विश्व केतु भनेको संस्कृत शब्द हो । पछिल्लो कालखण्डमा नेवारी नामाकरणअनुसार विसिक, बिस्क हुँदै बिस्का हुन पुगेको हो । त्यसैको अपभ्रंस भएर बिस्केट हुन पुगेको हो । नेवारीमा अहिले पनि बिस्का जात्रा भन्ने गरिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *