२०७८ जेठ ३० गते | 13th of June 2021

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा आगलागी

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत २९ गते १४:३६

काठमाडौं- काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा फेरि आगलागी भएको छ। आइतबार बिहानदेखि लागेको आगलागी हेलिकप्टरको मद्दतले अपह्रान्ह नियन्त्रणमा लिएको थियो। फेरि साँझ करिब ७ बजे जंगलमा आगलागी भएको महानगरीय प्रहरी वृत्त महाराजगन्जले जनाएको छ। वृत्तका प्रहरी नायब उपरीक्षक (डिएसपी) रोशन खड्काका अनुसार प्रहरीको टोली आगालागी भएको क्षेत्रमा खटिएको छ।

महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठ प्रहरी स्रोतका अनुसार अहिले आगलागी भएको क्षेत्रमा दमकल जान सक्ने अवस्था छैन।’अघिकै ठाउँमा फेरि आगलागी भएको भनेर खबर आएपछि हामी जाँदैछौं। दमकल जान सक्ने अवस्था त्यो ठाउँमा छैन,’ ती प्रहरीले भने,।’ यसअघि अपह्रान्ह सिम्रिक एयरको दुई वटा हेलिकप्टरले जंगलमा लागेको आगलागी नियन्त्रणमा लिएको थियो। करिब दुई घण्टासम्म पानी ओसारेर आगलागी नियन्त्रणमा लिइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *