२०७८ असोज ६ गते | 22nd of September 2021

न्यूयोर्कमा भोली लामिछाने समुहको भेटघाट कार्यक्रम

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख १० गते १५:४३

न्यूयोर्क – आसन्न एनआरएनए अमेरिकाको निर्वाचनको दौरानमा आफ्नो प्रचार त्यहाँ भेटघाट कार्यक्रममा ब्यस्त रहेका एनआरएनए अमेरिकाको आगामी निर्वाचनका लागि अध्यक्ष पदका प्रत्यासी कृष्ण लामिछाने, वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी कृष्णजिबी पन्थ, महासचिव पदका प्रत्यासी बिनोद भट्ट, उपाध्यक्ष पदका प्रत्यासीहरु बिकास उप्रेती, चन्द्र लामा, प्रबिण केसी, पूर्णचन्द्र बांनिया, सचिव पदका उमेद्वार द्रोण गौतम, महिला सचिव पदकी उमेदवार सुनिता कडेंल सापकोटा, सह-कोषाध्यक्ष पदका उमेदवार बिकल ढकाल, आईसिसी सदस्य पदका उमेद्वार राबाबु पाण्डे, बोर्ड सदस्य उमेद्वारहरु राजन अधिकारी, ज्ञानेन्द्र गुरुङ्ग लगायतका प्रत्यासीहरु न्यूयोर्क पुग्दैछन ।

May be an image of 7 people, including Chandra Lama, Sunita Kandel and Kc Prabin, people standing and text that says '"नेपालीका लागि नेपाली" NRNA CC-USA @ere एनआरएनए अमेरिका २०२१-२०२३ साभा एनआरएन निर्माणको लागि सामा उमेद्वार बिकास उप्रेती उपाध्यक्ष चन्द्र लामा उपाध्यक्ष प्रविण केसी उपाध्यक्ष पुर्ण चन्द्र बॉनिया उपाध्यक्ष द्रोण गौतम सचिव सुनिता कंडेल सापकोटा महिला सचिव बिकल ढकाल सह-कोषाध्यक्ष'

भर्जिनिया र बाल्टिमोरको सफल कार्यक्रम पश्चात यो सप्ताहन्तमा धेरै नेपालीहरुको बसोवास रहेको र संसारकै प्रमुख ब्यापारिक केन्द्र न्यूयोर्कको कार्यक्रमलाई सफल र भब्य बनाउन न्यूरोर्कमा लामिछाने जिताऔं अभियानका सदस्यहरु लागिपरेको बताईएको छ । एनआरएनए आईसिसी सदस्य पदका उमेदवार रविन बज्राचार्य, सामाजिक अभियान्ता प्रदिप श्रेष्ठहरु लामिछनेको यो कार्यक्रमलाई भब्य बनाउन खटिरहेका छन ।

May be an image of 3 people, including Binod Bhatta and Krishna Lamichhane and text

अबको करिब एक महिना पछी हुने एनआरएनए अमेरिकाको निर्वाचनको लागि भोली न्यूयोर्क र ईस्टकोस्ट क्षेत्र वरपरबाट लामिछाने समुहका सहयोगीहरु र शुभेच्छुकहरुको ठुलै जमघट हुने बताईएको छ । न्यूयोर्कको भेटघाट कार्यक्रमको समापन लगत्तै लामिछाने समुह न्यू ईङंल्यान्ड क्षेत्रतर्फ सामुदायिक भेटघात र अन्तर्कृयाका लागि हिंड्ने जनाईएको छ ।

May be an image of text that says 'KRISHNA LAMICHHANE Candidate President NRNA NCC मिति: अप्रिल २੦, २०२੧ हार्दिक निमण्त्रणा आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद अमेरिकाको आसन्न निर्वाचन (2०2੧-੨०ခ३) मा मैले अध्यक्ष पदको लागि उमेदवारी घोषणा गरेको सहर्ष जानकारी गराउंदै निर्वाचनको सिलसिलामा तपाईहरुको अमुल्य सल्लाह, सुमाव प्रतिक्रिया सुन्न/ बुभून साथै तपाईहरुसंग प्रत्यक्ष रुपमा भेटघाट गर्ने हेतुले तपशील बमोजिमको मिति, समय स्थानमा आयोजित भेटघाट कार्यक्रममा उपस्थित भईदिन हुन हार्दिक अनुरोध गर्दछु तपशीलहरु: मिति अप्रिल 2੪, २०२੧ (शनिबार) अपरान्ह ३:३० (पुर्वीय समय) स्थान: सत्यनारायण मन्दिर 75-15 Woodside Ave., Quens, NY 11373 कृष्ण लामिष्ाने अध्यक्ष पदका लागि उमेदवार र-आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, अमेरिका (२०੨੧-२०੨३) 214-454-0737 nepalama@gmail.com'

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *