२०७८ असोज २ गते | 18th of September 2021

प्रधानमन्त्री ओलीले बालुवाटारबाटै गरे भवन उद्घाटन

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख १७ गते ९:१३

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरिया सरकारको सहयोगमा प्राविधिक प्रशिक्षण प्रतिष्ठान परिसरमा नवनिर्मित सूचना प्रविधि भवनको उद्घाटन गरेका छन् । उनले भर्चुअल माध्यमबाट भवनको उद्घाटन गरेका हुन् । ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाटै रोबोट यन्त्रको सहायताले भवनको रिबन काट्दै शीला स्तम्भ अनावरण गरेका हुन् । प्रतिष्ठानको २९ सौं वार्षिकोत्सवका अवसरसमेत पारेर आयोजना भएको थियो ।

उद्घाटन पछि कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दे प्रधानमन्त्रीले सरकार नागरिकलाई जीवन उपयोगी शिक्षा दिन हरेक क्षेत्रबाट लागि परेको समेत बताए । शिक्षा प्राप्त गरेका हरुलाई आफ्नो शैक्षिक प्रमाणपत्र आफैं समस्या नबनोस् बरु त्यो प्रमाणपत्रलाई व्यक्ति समाज र राष्ट्रलाई नै उपयोगी ढंगले योगदान पुर्‍याउने प्राविधिक शिक्षाको प्रवर्द्धनमा देश लागि रहेको बताए । कोभिड १९ को महामारीले गर्दा भौतिक रुपमा उद्घाटन गर्न सक्नुसमेत प्राविधिक शिक्षाको सफलताको सूचक भएको धारणा पनि प्रधानमन्त्रीको थियो ।
प्रतिष्ठानले विगत दुई दशक भन्दा बढी समयदेखि प्राविधिक शिक्षा तथा व्यवसायिक तलिम दिँदै आएको छ । हालसम्म ३३ हजार भन्दा बढी व्यक्तिहरुले प्रतिष्ठानमार्फत व्यावसायिक तालिम पाइसकेका छन् । कोरियाली सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग-कोइका) को अनुदान सहयोगमा यो भवन निर्माण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *