२०७८ जेठ २९ गते | 12th of June 2021

नेपाल आउने विदेशीलाई कडाई, आफ्नै खर्चमा अनिवार्य १० दिन क्वारेन्टाइन बस्नुपर्ने

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख १८ गते १२:३५

काठमाडौं – नेपाल आउने विदेशीलाई कडाइ गरिएको छ । कोभिड-१९को दोस्रो लहर संक्रमण नियन्त्रणका लागि उडानमार्फत नेपाल आउने विदेशी अनिवार्य १० दिन क्वारेन्टाइन बस्नुपर्ने भएको हो । नागरिक उड्डयन प्राधिकरणले एक सूचना सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको जनाएको छ ।

बोर्डिङ गराउनु अघि नै यात्रुले ७२ घण्टा अगाडी गरेको नेगेटिभ रिपोर्ट र क्वारिन्टिनका लागि १० दिनको होटल प्रि बुकिङ गरेको प्रमाण देखाउनुपर्ने प्राधिकरणले जनाएको छ । होटल क्वारेन्टिनको व्यवस्था यात्रुले आफ्नै खर्चमा गर्नुपर्ने हुन्छ । यस्तै नेपालीले पनि ७२ घण्टा अगाडिको पीसीआर नेगेटिभ रिपोर्ट र १० दिन होटल क्वारिन्टिन वा होम क्वारिन्टिनमा बस्नुपर्नेछ जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *