२०७८ वैशाख ३० गते | 13th of May 2021

नेप्लिज एसोसियसन अफ जर्जियाको अध्यक्षमा भवेन्द्र बस्नेत निर्वाचित

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख १९ गते १५:५३

जर्जिया – अमेरिका स्थित जर्जिया राज्यमा रहेको नेपालीको साझा संस्था नेप्लिज एसोसिएसन अफ जर्जियाको हालै सम्पन्न अधिवेशनबाट भवेन्द्र बस्नेत अध्यक्षमा निर्वाचित भएका छन्। एटलान्टा स्थिति लक्की सोल्कस पार्कमा भएको अधिवेशनबाट नयाँ कार्यसमितिको कार्यकारी उपाध्यक्षमा विनोद थापा, उपाध्यक्षमा विरेन्द्र केसी, महासचिवमा विमल रेग्मी, कोषाध्यक्षमा खिम पौडेल,सहसचिवमा अमित खतिवडा निर्वाचित भएका छन् ।

त्यस्तै कार्यकारी सदस्यहरूमा डा.अनुप श्रीवास्तव, जयलाल शर्मा, मनिरजंङ्ग कार्की,विश्वास थापा,सुष्मा पहाडी, अरूण श्रेष्ठ, निर्वाचित भएका छन्। उक्त कार्यक्रममा पूर्व अध्यक्ष कुमार केसी,निर्वाचन संयोजक जनक बराल लगायतले बोलेका थिए। सपथ कार्यक्रम पछि नवनिर्वाचित अध्यक्ष भवेन्द्र बस्नेतले आफ्नो भावी कार्ययोजना बारेमा प्रकाश पार्दै आफ्नो कार्यकालमा सदा जस्तै सहयोग र सुझावको अपेक्षा समेत गरेका थिए।

सोही समारोहमा लामो समय देखि समाजमा योगदान दिनुहुने व्यक्तत्वहरूको उपस्थित समेत रहेको थियो।समाजिक संस्था र नेपालीहरूको एकतामा काम गर्दै आएको उक्त संस्थाको नयाँ समिति को कार्यकाल २ वर्षको हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *