२०७८ वैशाख ३० गते | 13th of May 2021

काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप, २३ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा रोक

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख २१ गते १०:४८

काठमाडौं –  सरकारले यही २३ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको छ  ।  निषेधाज्ञालाई कडा बनाउँदै अन्तर्राष्ट्रिय उडान रोक्ने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाहिर जानेहरुको भिड बढेको छ ।  संक्रमणको चेन ब्रेक गर्न काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा गरेपनि हवाई उडान सुचारु थियो । आन्तरिकतर्फको सम्पूर्ण उडान मंगलबारबाट बन्द गरिएको छ भने अन्तर्राष्ट्रिय उडान बिहीबारदेखि रोकिंदैछ । यसै वीच  काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ । र यो अवधिमा निषेधाज्ञा थप कडा हुनेछ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । साथै पसल खोल्ने समय बिहान ७ देखिद ९ बजेसम्म मात्र कायम गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *