२०७८ असार ५ गते | 19th of June 2021

नेपाली दुतावासको आयोजनामा क्यालिफोर्नियाको लस एन्जलस र सानफ्रान्सिस्कोमा घुम्ती शिविर संचालन हुंदै

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख २८ गते ४:३८

लस एन्जलस – अमेरिकास्थित नेपाली दुतावासले कोभिड-१९ को प्रभावले राजदुतावास पुग्न नसकेका नेपाली तथा सेवाउन्मुख हुन नपाएका सेवाग्राहीहरुको आवश्यकतालाई ध्यानमा राखेर क्यालिफोर्निया राज्यको लस एन्जसल र सान्फ्रान्सिस्को शहरमा घुम्ती शिविर संचालन गर्ने भएको छ ।

राहदानी नविकरण, गैर आवासीय नेपाली परिचयपत्र, अधिकृत वारेसनामा, कागजात प्रमाणिकरण, एकतर्फी यात्रा अनुमतिपत्र र पर्यटक भिषा सम्बन्धी सेवा उक्त शिविरमा उपलब्ध हुने क्यालिफोर्निया राज्यका लागि महावाणिज्यदुत ॠषि ढकालले बताउनुभएको छ । ‘दुतावासले यस अघि पनि गर्दै आएको सेवा तर कोभिडका कारण दुतावास पुग्न नसकेका नेपालीहरुको समस्या र आवश्यकतालाई मध्यनजर राख्दै यो सेवा संचालन गरिएको हो’, महावाणिज्यदुत ढकालले खुल्लामन्चलाई बताउनुभयो ।

घुम्ती शिविर क्यालिफोर्निया राज्यको लस एन्जलस र साफ्रान्सिस्को शहरमा संचालन हुनेछ । लस एन्जलसमा शिविर दुई दिन हुनेछ भने सान्फ्रान्सिस्कोमा एक दिन चल्नेछ । शिविर संचलानबारे महावाणिज्यदुत ढकालले उपलब्ध गराउनुभएको सुचना :

संयुक्त राज्य अमेरिकामा रहेका नेपाली लगायतका सेवाग्राहीलाई नजीकबाट नै सेवा प्रवाह गर्ने उद्देश्यले नेपाली राजदूतावास, वाशिङ्गटन, डि.सी. ले क्यालिफोर्निया राज्यको लस एन्जलस र सानफ्रान्सिस्को शहरस्थित देहायको स्थान, मिति र समयमा त्यस क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी यस राजदूतावासले घुम्ती कन्सुलर सेवा शिविरमार्फत कन्सुलर सेवा प्रदान गर्ने कार्यक्रम तय गरेकोले आफूलाई पायक पर्ने स्थानबाट सेवा प्राप्त गर्न राजदूतावास सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ।

कन्सुलर सेवा शिविर आयोजना हुने स्थान, मिति र समय :
लस एन्जलस :
स्थान : Shree Pashupatinath and Buddha Mandir
10843 Kenney St, Norwalk, CA 90650
मिति : जुन ४-५,२०२१
पहिलो दिन : बिहान ९ बजेदेखि साँझको ५ बजेसम्म
दोस्रो दिन : बिहान ९ बजेदेखि दिउँसोको ३ बजेसम्म
सान फ्रान्सिस्को :
स्थान : 2525 San Pablo Dam Road, San Pablo CA 94806 (Holiday Inn Express)
मिति : जुन ६-७, २०२१
समय : बिहान १०:०० बजेदेखि साँझको ५ बजेसम्म
कन्सुलर सेवा शिविरबाट प्रवाह हुने सेवाहरु :
क) राहदानी नविकरण (डिसेम्बर २०२१ सम्म बहाल अवधि रहेकाहरुले नविकरण गर्न सक्ने)
ख) गैर आवासीय नेपाली परिचयपत्र (NRN ID)
ग) अधिकृत वारेसनामा (Power of Attorney)
घ) कागजात प्रमाणिकरण (Attestation)
ङ) एकतर्फी यात्रा अनुमतिपत्र (One-way Travel Document)
छ) पर्यटक भिषा (Tourist Visa)
उल्लेखित सेवाहरु प्राप्त गर्न आवश्यक कागजात, शुल्क र प्रक्रियाबारे जानकारीको लागि राजदूतावासको वेबसाइट https://us.nepalembassy.gov.np को होमपेजमा रहेको “Consular Services” मेनुमा गई हेर्नुहुन अनुरोध गरिन्छ।
कोभिड-१९ का कारण स्वास्थ्य सुरक्षा सतर्कता अपनाई सेवा उपलब्ध गराउनुपर्ने भएकाले आफूलाई चाहिएको सेवाका सम्बन्धमा देहायको link मा गई अग्रिम रुपमा आफ्नो नाम, सम्पर्क नम्बर र प्राप्त गर्न चाहेको सेवाबारे फाराम भर्नु हुन अनुरोध छ। राजदूतावासले सम्बन्धित सेवाग्राहीलाई समय तोकी सोही अवधिमा मात्र उपस्थित हुन अनुरोध गर्दै इमेलमार्फत् जानकारी गराउनेछ।
लस एन्जलस घुम्ती कन्सुलर सेवा शिविरका लागि: https://us.nepalembassy.gov.np/consular-camp-los-angeles…/
सानफ्रान्सिस्को घुम्ती कन्सुलर सेवा शिविरका लागि: https://us.nepalembassy.gov.np/consular-camp-san…/
घुम्ती कन्सुलर सेवा शिविरमा सेवा लिन आउँदा साथमा ल्याउनुपर्ने कागजातहरुः
क) राहदानी नविकरण
 सक्कल नागरिकता र सोको प्रतिलिपी।
 सक्कल राहदानी र सोको प्रतिलिपी।
 Live Enrolment का लागि रीतपूर्वक अनलाइन भरिएको बारकोड सहितको फाराम (https://online.nepalpassport.gov.np/PreEnrollment/home.html)।
 नेपाली राजदूतावासको नाममा जारी भएको अ.ड. १५० को मनी अर्डर (हराएको र बिग्रिएको राहदानीको हकमा दोब्बर दस्तुर अर्थात् अ.ड. ३०० । तर, १० बर्ष भन्दा मुनिका नाबालकको हकमा नवीकरण अ.ड. ७५ र हराएको/बिग्रिएको हकमा अ.ड. १५०)।
 राहदानी तयार भएपछि आवेदकलाई पठाउन पहिले नै पैसा तिरीसकेको आफ्नो पूरा ठेगाना लेखेको फिर्तिखाम (Self Addressed Prepaid Return Envelope)।
ख) गैर आवासीय नेपाली परिचयपत्र
 सेवाग्राहीले रीतपूर्वक भरेको आवेदन फाराम। (फाराम डाउनलोड गर्ने वेब लिङ्कः https://us.nepalembassy.gov.np/…/2017/02/NRN-ID-FORMpdf)
 नेपाली मुलुकका विदेशी नागरिकले विदेशमा प्राप्त गरेको Naturalization Certificate र सोको प्रतिलिपी।
 नेपली मूलका विदेशी नागरिकले प्राप्त गरेको उक्त देशको राहदानी र सोको प्रतिलिपी।
 नेपाली मूलको भएको जनाउने कागजात, जस्तै- सासाविकको नेपाली नागरिकता प्रतिलिपि वा नागरिकता परित्याग गरेको भए सोको प्रतिलिपी,
वा,
 बाबु/आमा/हजुरबुबा/हजुरआमाको नेपाली नागरिकताको प्रमाणपत्र वा नेपाली मूलको भएको जनाउने अन्य कुनै कागजात (जस्तै नाता प्रमाणित)।
 हाल बसोबास गरेको मुलुकमा व्यापार/व्यवसाय गरिरहेको भएको सोको प्रमाण।
 कुनै पेसा/रोजगारीमा संलग्न रहेको भएको सोको प्रमाण।
 दुईप्रति पासपोर्ट साइजको फोटो।
 नेपाली राजदूतावासको नाममा जारी भएको अ.ड. ५२० को मनी अर्डर।
 गैर आवासीय परिचयपत्र हराएको हकमा स्थानीय प्रहरीले जारी गरेको प्रहरी प्रतिवेदन (Police Report। (हराएको हकमा दोब्बर दस्तुर लाग्नेछ।)
ग) अधिकृत वारेसनामा
 सम्बन्धित आवेदक वा कानून व्यवसायीले नेपाली कागजमा तयार गरेको लिखत।
 सम्बन्धित आवेदक वा कानून व्यवसायीले नेपाली राजदूतलाई सम्बोधन गर्दै लेखेको निवेदन।
 नेपाली नागरिकताको सक्कल र सोको प्रतिलिपी।
 अधिकृत वारेसनामा लिनेको नागरिकताको प्रमाणित प्रतिलिपी।
 अ.वा. लिने दिने दुबैको हालसालै खिचिएको दुई/दुई प्रति फोटो।
 स्थायी आवास अनुमतिपत्र (Green Card) वा Visa Status।
 गैर आवासीय नेपाली परिचयपत्रको सक्कल तथा सोको प्रतिलिपि (नेपाली मूलका अमेरिकी नागरिकको हकमा)।
 जुन प्रयोजनका लागि अ.वा. दिने हो सो सम्बन्धी सक्कल वा प्रमाणित कागजात, जस्तै- जग्गा बेचबिखनको हकमा लालपुर्जाको सक्कल, कर तिरेको रसिद वा सोको प्रमाणित प्रतिलिपी, सम्बन्ध विच्छेदका लागि विवाह दर्ताको सक्कल वा सोको प्रमाणित प्रतिलिपी।
 नेपाली राजदूतावासको नाममा जारी भएको अ.ड. २०० को मनी अर्डर।
घ) कागजात प्रमाणिकरण
 रीतपूर्वक भरेको निवेदन।( फाराम डाउनलोड गर्ने वेब लिङ्कः https://us.nepalembassy.gov.np/…/Attestation…)
 प्रमाणित गर्ने कागजातको सक्कल र प्रतिलिपि।
 नेपालको कुनै निकायबाट जारी भएको कागजात भए परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागबाट प्रमाणिकरण भएको कागजातको सक्कल र प्रतिलिपी।
 सक्षम निकायबाट जारी भएको आफ्नो परिचय खुल्ने परिचयपत्र, जस्तै-नागरिकता, राहदानी आदि।
 सवारी चालक अनुमतिपत्रको हकमा सम्बन्धित यातायात कार्यालयबाट जारी भएको verification letter।
 नेपाली राजदूतावासको नाममा जारी भएको अ.ड. ५० को मनी अर्डर।
ङ) एकतर्फी यात्रा अनुमतिपत्र
 पुरानो राहदानी र सोको प्रतिलिपी
 नागरिकताको प्रमाणपत्र र सोको प्रतिलिपी
 रीतपूर्वक भरेको राहदानी फाराम (https://us.nepalembassy.gov.np/…/Attestation…)
 तीन प्रति फोटो (MRP size)
 नेपाली राजदूतावासको नाममा जारी भएको अ.ड. ४० को मनी अर्डर।
च) पर्यटक भिषा
 सेवाग्राहीले https://nepaliport.immigration.gov.np/onlinev…/application मा गई रीतपूर्वक अनलाईन फाराम भरी प्रिण्ट गरेको confirmation page को hard copy।
 कम्तिमा ६ महिना भन्दा बढी अवधि बहाल रहेको राहदानी।
 कम्तीमा २ वटा भिसा पानाहरु बाँकी रहेको राहदानी।
 नेपाली राजदूतावासको नाममा जारी भएको मनी अर्डर (१५ दिने भिषाका लागि अ.ड. ३० , ३० दिने भिषाका लागि अ.ड. ५० र ९० दिने भिषाका लागि अ.ड. १२५)।
(तर, राहदानी र नागरिकता कुनैको पनि सक्कल उपलब्ध हुन नसकेमा सोको प्रतिलिपी वा सो पनि उपलब्ध हुन नसकेमा निवेदक नेपाली नागरिक भएको प्रमाणित हुने कागजात, जस्तै- नागरिकता जारी भएको जिल्ला/इलाका प्रशासनबाट नागरिकताको आधिकारिकता खुल्ने कागजात)

Leave a Reply

Your email address will not be published. Required fields are marked *