२०७८ असोज २ गते | 18th of September 2021

सरकार कामचलाउ भएपछि कोरोनाका कारण मृत्यु हुनेको संख्या हवात्तै बढयो

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख २८ गते १२:५६

काठमाडौं –  नेपालमा दुई दिन यता कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या हवात्तै बृद्दि भएको छ ।  पछिल्‍लो २४ घण्‍टामा थप २२५ जना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ ।  आइतबार ८८ र  सोमबार १३९ जना सङ्क्रमितको मृत्यु भएको छ ।  यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ । वर्तमान सरकार कामचलाउमा परिणत भए पछि २ दिनको अबधिमा कोरोनावाट मृत्यु हुनेको संख्या बृद्दि हुनुले यस अघि अधिकारीहरुले मृतकको संख्या लुकाएको आशंका गरिएको छ ।

यस्‍तै पछिल्लो २४ घण्टामा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्‍या ४ लाख १३ हजार १११ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार २२५ जना संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *