२०७८ असार ४ गते | 18th of June 2021

शेरबहादुर देउवाको प्रधानमन्त्रीमा दावीको पक्षमा १सय ४९ सांसद अदालतमा उपस्थित हुने

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ ९ गते १४:५०

काठमाडौ-  प्रतिनिधिसभा विघटन हुनुअघि प्रधानमन्त्रीका लागि शेरबहादुर देउवाको दाबीलाई समर्थन गरेका सांसदहरू सरकार र राष्ट्रपतिको कदमलाई चुनौती दिन सोमवार रिट निवेदन लिएर सर्वोच्च अदालत जाने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। “रिटको तयारी बेलुकासम्म टुङ्गिदैछ। एक सय ४९ मा थप केही साथीहरू थपिनुभएको छ,” संसद् भवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने। “भौतिक रूपमा नै बहुमत उपस्थित भएर भोलि अदालतमा रिट (निवेदन) दर्ता गर्न जाने तयारी भएको छ।”

आइतवार नै अदालत जाने भनिए तापनि दिउँसो ३ बजेसम्म तयारी पूरा नभएको र त्यसपछि अदालतमा मुद्दा दर्ता नहुने भएकाले सोमवार रिट निवेदन दर्ता गर्न लागिएको नेताहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *