२०७८ जेठ २९ गते | 12th of June 2021

वर्तमान र पूर्वसभामुखहरूको बैठकले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ठहर

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ ११ गते १५:१३

काठमाडौं-  वर्तमान र पूर्वसभामुखहरूको बैठकले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ठहर गरेको छ । सभामुख अग्नि सापकोटा, पूर्वसभामुखहरू रामचन्द्र पौडेल, ओनसरी घर्ती, कृष्णबहादुर महरा सहभागी बैठकले सदनको अस्तित्व जनताको अस्तित्व भएको बताउँदै खेलबाड गर्न नहुनेमा जोड दिएको छ ।  बैठकपछि  पूर्वसभामुख पौडेलले भने, ‘यो सदनबाट नै सबै समस्या समाधान खोज्नुपर्ने ठाउँमा आज योभन्दा बाहिर गएर समाधान खोज्नुपर्ने, अदालततिर गएर समाधान खोज्नुपर्ने जुन अवस्था सिर्जना गरियो त्यसप्रति हामीले चिन्ता व्यक्त ग¥यौँ । सदनबाटै राजनीतिक समस्याको निकास आउनुपर्छ, देशले निकास पाउनुपर्छ । सदनको अस्तित्व जनताको अस्तित्व हो । जनताको अस्तित्वमाथि कसैले पनि खेलबाड गर्न हुँदैन ।’

पूर्वसभामुख घर्तीले प्रतिनिधिसभा विघटन असंवैधानिक छ भन्नेमा सबै सभामुखहरूको धारणा रहेको बताइन् । ‘राजनीतिक संकटको निकास र सभामुखको भूमिकाको बारेमा सभामुखज्यूले बैठक बोलाउनुभएको थियो । यो प्रतिनिधिसभामाथि जे आक्रमण भयो, दुईपटक विघटन भयो, यो पूर्णतया असंवैधनिक छ,’ घर्तीले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *