२०७८ असार ५ गते | 19th of June 2021

ओलीविरुद्ध निर्णायक संघर्षमा होमिन एमालेका १५ स्थायी कमिटी सदस्यहरूको अपिल

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ १२ गते १२:४९

काठमाडौं – नेकपा (एमाले)का कारबाहीमा परेका नेता झलनाथ खनाल, माधवकुमार नेपालसहित १५ स्थायी कमिटी सदस्यहरूले ओलीविरुद्ध निर्णायक संघर्षमा होमिन अपिल गरेका छन् । बुधबार विज्ञप्ति प्रकाशित गरी प्रधानमन्त्री केपी ओलीका निरंकुश र प्रतिगामी कामकार्वाईका विरुद्ध एकता र सहकार्यका लागि सबै नागरिकलाई आह्वान गरेका हुन् ।

“ केपी ओलीका पार्टीभित्र र देशमा गरिएका स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यहरुका विरुद्ध स म्पूर्ण वामपन्थी र लोकतन्त्रवादी शक्तिहरूको एकताबद्ध संघर्ष र सहकार्य अपरिहार्य भएको छ । यसका लागि हामीहरु तत्परताका साथ आवश्यक पाइला चाल्न अग्रसर छौं । यस कार्यमा आ–आफ्नो ठाउँबाट एकता र दृढताका साथ केपी गुटका धाकधम्की, प्रलोभन र भ्रमलाई अस्वीकार गर्दै दृढताका साथ अघि बढ्न नेकपा (एमाले) का सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा हार्दिक आव्हान गर्दछौ । राष्ट्रियता, लोकतन्त्र र जनहितका लागि सबै लोकतन्त्रप्रेमी, देशभक्त, राजनीतिक दल एवम् जनसमुदायमा प्रधानमन्त्री केपी ओलीका निरंकुश र प्रतिगामी कामकार्वाईका विरुद्ध एकता र सहकार्यका साथ अग्रसर हुन हार्दिक आग्रह गर्दछौं,” विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *