२०७८ असोज २ गते | 18th of September 2021

कृष्ण लामिछाने समुहबाट एनआरएनए आईसिसी सदस्यका उमेद्वारहरु

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ १२ गते १८:११

गोकुल ढकाल – आजको तीन दिनपछी अथवा मे २९ र ३० तारिख हुने एनआरएनए अमेरिकाको निर्वाचनको लागि उमेदवारहरुको चुनावी प्रचार प्रसार सकिएको छ । अध्यक्ष पदका प्रत्यासीहरुले नेपाली समुदाय सकृय रहेको सबै राज्यहरुमा आफ्ना समुहका उमेदवारहरुको साथमा समुदायिक भेट तथा प्रचारको कार्यक्रम सम्पन्न गरेका छन ।

केही दिन पहिले टेक्सासको डालसमा सम्पन्न नेजा – एनआरएनए अमेरिका अध्यक्षका प्रत्यासीहरुसंगको प्रत्यक्ष बहस पछी निर्वाचन आयोगको आचारसंहिताको कारणले भोलीदेखी उमेद्वारहरुको चुनावी कार्यक्रम सकिनेछ । अमेरिकाका बिभिन्न राज्यहरुमा सामुदायिक भेटले सम्भावित बिजेता मानिएका अध्यक्ष पदका प्रत्यासी कृष्ण लामिछाने समुहबाट समावेशी उमेद्वारहरुको रुपमा एनआरएनए आईसिसी सदस्य पदका दरिला खम्बाहरु समाहित छन ।

१. रामबाबु पाण्डे :
लस एन्जलसलाई कर्मक्षेत्र बनाएर बिगत लामो समयदेखी सामाजिक कार्यमा सकृय रामबाबु पाण्डे कृष्ण लामिछाने समुहबाट एनआरएनए अमेरिकाले निर्वाचित गर्ने आईसीसी सदस्य पदका उमेद्वार रहेका छन । एनआरएनए अमेरिका उपाध्यक्ष पदमा निर्वाचन लड्ने सोच बनाएका पाण्डेले अन्तमा समुहलाई सघाउंदै आईसिसी सदस्य पदमा उमेदवारी दिएका हुन ।May be an image of Ram Babu Pandey, standing and text that says 'नेपालीका लागि नेपाली" NRNA साभता एनआरएन निर्माणको लागि राम बाबु पाण्डे (उमेदवार) एनआरएनए आईसीसी सदस्य (२०२१-२०२३) VISION 2021-23 VOTE 562-413-6800'

लामिछाने समुहले आयोजना गरेको प्रायजसो चुनावी कार्यक्रममा सहभागी रहेका एनआरएनए अमेरिका क्यालिफोर्निया च्याप्टरका पुर्व अध्यक्ष पाण्डे लस एन्जलसमा सामाजिक सेवा र सकृयताका लागि चर्चित छन । एनसिसी र आईसिसीका बिभिन्न टास्क फोर्समा रहेर काम गरेका पाण्डे सम्भावित विजेताका रुपमा चिनिन्छन ।

२. रविन बज्राचार्य :
एनआरएनए अमेरिकादेखी आईसिसीसम्म बहुतै चर्चित पात्रको नाम हो, रविन बज्राचार्य । एनआरएनए आईसिसीको बिधान निर्माण समितिमा बसेर लामो समय काम गरेका उनीलाई एनआरएनएको कानुनको अक्षरश: बुझेका ब्यक्तीका रुपमा चिनिन्छ । न्यूयोर्कलाई कर्मक्षेत्र बनाएर एनआरएनएमा लामो समयदेखी सकृय बज्राचार्य मनमा लागेको बिषय खोलिहाल्ने प्रष्टवक्ताका रुपमा चिनिन्छन ।May be an image of Rabin Bajracharya, standing and text

वरिष्ठ उपाध्यक्ष पदका उमेद्वार रहेका बज्राचार्य लमिछाने समुहको जीतको लागि समुहमा हात मिलाउंदै साझा एनआरएनए निर्माणका लागि पछी आईसिसी सदस्य पदमा निर्वाचनमा होमिएका छन । लामिछाने समुहको हरेक निर्वाचन कार्यक्रममा सहभागी बनेका उनी सम्भावित विजेताका रुपमा चिनिन्छन ।

३. अमृत सापकोटा :
नुवाकोटका अमृत सापकोटा डालसलाई कर्मक्षेत्र बनाएर सफल ब्यवसायिक जीवनसंगै सामाजिक कार्यक्रममा सकृय पात्र हुन । एनआरएनए अमेरिकाको वर्तमान कार्यसमितिका लागि वरिष्ठ उपाध्यक्ष पदमा झिनो मतले हारेका सापकोटा सोझा सामाजिक अभियान्ताका रुपमा चिनिन्छन । कम बोल्ने स्वभावका सापकोटालाई उनकै मित अमृत कट्टेलले मित्रवत सहयोगका लागि आईसिसी सदस्य पदका लागि स्थान खाली गरिदिएका छन ।May be an image of Amrit Sapkota and text that says 'नेपालीका लागि नेपाली" NRNA साभत्र एनआरएन निर्माणको लागि अमृत उमेद्वार सापकोटा आईसीसी सदस्य (२०२१-२०२३) VISION 2021-23 VOTE 214-404-6487'

स्मरणीय छ, एनआरएनए अमेरिकाका वर्तमान सचिव कट्टेल पनि आईसिसी सदस्य पदका उमेद्वार थिए । तर आफ्नै मित सापकोटालाई आईसिसी सदस्य पदमा बिजयको पुकारासंगै कट्टेलले समर्थन गरेका हुन । डालसका चिर परिचित सापकोटा आईसिसी सदस्य पदका सम्भावित विजेताको रुपमा चिनिन्छन ।

४. सन्जय थापा :
एनआरएनए अमेरिकाको बहुतै परिचित पात्रको नाम हो, सञ्जय थापा । एनआरएनए अमेरिकाको गत निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी रहेका थापा न्यूयोर्कका सरकारी जागिरे हुन । पारिवारिक रुपमा सम्पन्नताले संस्थालाई समय दिनसक्ने अभियान्ता थापालाई नेजसको संस्थापन पक्षको पनि साथ रहनेछ । नेजस अमेरिकाका अध्यक्ष आनन्द बिष्टका अत्यन्तै घनिष्ट मित्र थापा सम्भावित बिजेता पक्कै हुन ।May be an image of Sanjay Thapa, standing and text that says '"FOR NEPALI BY NEPALI" Ho Nepali Assodaia NRNA SANJAY THAPA CANDIDATE NRNA ICC MEMBER 2021-2023 sthapaktm@hotmail.com SANJAY THAPA VERS +1 917-703-3195'

नेपालमा नै राजनैतीक संलग्नताले पार्टीको ठुलो पदमा रहेरा काम गरेका थापा प्रष्टवक्ता र धाराप्रवाह वाकशैलीका रुपमा पनि परिचित छन । एनआरएनए अमेरिकाको अध्यक्ष पदमा निर्वाचन लडिसकेका थापालाई बिभिन्न सम्भावना हुंदाहुंदै पनि लामिछाने समुहबाट आईसिसी सदस्य पदमा निर्वाचनमा होमिएका छन ।

प्रवासी नेपाली मन्चका पुर्व अध्यक्ष थापा वर्तमान सरकारसंग मिठो सम्बन्ध भएका ब्यक्ती हुन । लामिछाने समुहबाट थापाको आईसिसी सदस्य पदको उमेद्वारीले थापा मात्र होईन, लामिछाने समुहलाई पनि विजयको लागि ठुलो टेवा पुगेको अनुमान गरिन्छ ।

५. बिन्दु सापकोटा :
सानफ्रान्सिस्कोलाई कर्मक्षेत्र बनाएर सामाजिक कार्यक्रममा सकृय बिन्दु सापकोटा निरौला एनआरएनए अमेरिकाबाट आईसिसी सदस्य पदमा लडेकी एक्ली महिला हुन । महिला आवाज, सहभागीता र समावेशिताको आवाज दिनेहरुका लागि सापकोटा यसपटक चुनौती हुन । नेपाली समुदायका ठुला ठुला कार्यक्रमहरुमा सांस्कृतिक कार्यक्रम जोडेर सुन्दरता थपिदिने कलाकार सापकोटा एनआरएनए अमेरिकाका साधारण सभा तथा अन्य कार्यक्रमहरुमा सांस्कृतिक कार्यक्रमको जिम्मा लिने गर्दछिन ।May be an image of Bindu Sapkota, standing and text that says '"FOR NEPAL BY NEPALI" "महिलाको उपस्थिति, सांस्कृतिक पहिचान सबल सक्षम २ समावेशी एनआरएन" NRNA NCC-USA sreciata Nepali BINDU NIROULA SAPKOTA Candidate for ICC MEMBER NRNA NCC USA 2021-2023 408-784-5051 84-5051 niroulabindu@gmail.com'

नाच कला, बालबालिकाहरुलाई नाच शिक्षा र सामाजिक सकृयतालाई संगै लिएर हिंडेकी सापकोटा अमेरिकाबाट आईसिसी सदस्य पदमा निर्वाचन लड्ने एक्ली भाग्यमानी हुन । महिलाको प्रतिनिधित्वको लागि पनि एनआरएनए अमेरिकाले उनलाई निर्वाचित गराउनुपर्ने बाध्यता छ । भलै सापकोटा आँफैमा त्यो पदका लागि योग्य छिन् ।

६. उत्तम कार्की :
नेजस अमेरिकाका पुराना नेता उत्तम कार्की क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को शहरलाई कर्मक्षेत्र बनाएर सामाजिक अभियानमा निरन्तर लागिपरेका ब्यक्तित्व हुन । नेजसमा उनको दरिलो पकड छ । सान्फ्रान्सिस्कोका हरेक सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह गर्दै आएका कार्की सान्फ्रान्सिस्कोको पुरानो नेपाली संस्था न्यान्सका पुर्व अध्यक्ष समेत हुन ।May be an image of 1 person, standing and text that says '"नेपालीका लागि नेपाली NRNA साभत एनआरएन निर्माणको उत्तम कार्की लागि उमेदवार आईसीसी सदस्य (२०२१-२०२३) VISION 2021-23 VOTE 510-620-4397'

स्थानियस्तरमा सामुदायिक केन्द्र स्थापनाको लागि दिलोज्यानले लागेका कार्की अमेरिकी राष्ट्रपतीबाट सामुदायिक सेवा पदक प्राप्त गर्ने पात्र हुन । लामिछाने समुहको चुनावी कार्यक्रममा सकृय सहभागीता जनाएका कार्की सम्भावित बिजेताको रुपमा देखिन्छन ।

७. महेन्द्र बस्नेत :
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका सहपाठी तथा अत्यन्तै घनिष्ट मित्र महेन्द्र बस्नेत पनि लामिछाने समुहको तर्फबाट एनआरएनए अमेरिकाले निर्वाचित गर्ने आईसिसी सदस्य पदका लागि उमेद्वार रहेका छन । अमेरिकाभर आफ्ना मित्र र नातागोता धेरै भएका बस्नेत नेजसभित्र नेटवर्कसंगै धेरै भोट भएका पात्रका रुपमा चिनिन्छन । लामो राजनैतीक सकृयता र सामाजिक सेवामार्फत आईवा राज्यमा सफल ब्यवसायिक जीवन बिताउंदै आएका बस्नेत पनि सम्भावित बिजेताका रुपमा चिनिन्छन ।May be an image of Mahendra Basnet and text that says '"FOR NEPALI, BY NEPALI" NRNA @ Ma.. Nepall MAHENDRA BASNET (CANDIDATE) ICC MEMBER 2021-2023 समुदायमा सदभाव २ सहयोग बाँडों मातृभूमिको लागि एनआरएनएमा जुटी Cell: +1309-721-9832 ELECTION DATE: MAY 29-31, 2021 mahendrabasnet@hotmail.com'

एनआरएनए आईवा च्याप्टरका संस्थापक अध्यक्ष रहेका बस्नेत हाल आईसिसीको टास्क फोर्समा रहेर काम गरिरहेका ब्यक्तित्व हुन ।

८. जीवन जोशी :
टेक्सास राज्यको डालस शहरलाई आफ्नो कर्म क्षेत्र बनाएर लामो समयदेखी एनआरएनए अभियानमा जुटेका जोशी लामिछाने समुहबाट आईसिसी सदस्य पदका सम्भावित विजेता हुन । एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि उपाध्यक्ष पदका सम्भावित उमेद्वार रहेका सामुहिक विजयको लागि लामिछाने समुहलाई सहयोग गर्दै आईसिसी सदस्य पदका उमेद्वार रहेका छन ।May be an image of 1 person and text that says '"नेपालीका लागि नेपाली" NRNA साभता एनआरएन निर्माणको लागि जीवन कुमार जोशी (उमेदवार) एनआरएनए आईसीसी सदस्य (२०२१-२०२३) VISION 2021-23 VOTE 817-907-0005'

एनआरएनए अमेरिकाको वर्तमान कार्यसमितिमा सदस्य रहेका जोशी त्यसभित्र काम गर्ने सदस्यका रुपमा चिनिन्छन । लामिछाने समुहालै सञ्जय थापाको सहयोग जस्तै जोशीको सहयोग र उमेद्वारीले पनि समुहलाई थापा बलियो बनाएको आंकलन गरिन्छ ।

र,
९. प्रितीसागर खत्री :
नेपालमा विद्धार्थी राजनीतिका चर्चित पात्र प्रितीसागर खत्रीको नामै अमेरिकी नेपाली समुदायमा चर्चित छ । रबिन्द्र अधिकारी, पुरुषोत्तम बोहोरा लगायतका समकालिनसंग राजनीति गरेका खत्री अस्कल कलेजका चर्चित स्ववियु सभापती हुन । थापा र जोशीको लामिछाने समुहलाई साथ रहेको जस्तै प्रितीको पिरती लामिछाने समुहलाई विजयोन्मुख बनाउने एउटा ईट्टा हुनेछ ।May be an image of 1 person and text that says '"नेपालीका लागि नेपाली" NRNA प्रिती साभत एनआरएन निर्माणको लागि सागर खत्री उमेदवार एनआरएनए आईसीसी सदस्य (२०२१-२०२३) VISION 2021-23 VOTE 3 pskhatri52@gmail.com 502-442-1096'

एनआरएनए अमेरिकाको पुर्व बोर्ड सदस्य तथा प्रवासी नेपाली मन्चका प्रभावशाली नेता खत्री आईवा राज्यमा ब्यवसायिक जीवनसंगै एनआरएनएमा समाहित छन । प्रवासीको भोट, लामिछाने समुहको साथ राजनीतिको जोशिलो उमंग र सम्पर्कलले खत्रीलाई विजेताको रुपमा हेर्ने धेरै पात्रहरु छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *