२०७८ साउन ९ गते | 24th of July 2021

गण्डकीका मुख्यमन्त्री नेपाली सहितको टोली बाढी प्रभावित मनाङ सदरमुकाम चामेमा, शुक्रबार प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची

खुल्लामन्च
 प्रकाशित: २०७८ असार ३ गते १५:०९

काठमाडौँ – बाढी प्रभावितलाई राहत तथा उद्धारका लागि पोखराबाट मनाङ पुगेको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको टोली मनाङ सदरमुकाम चामेमा रोकिएको छ । मौसममा आएको खराबीका कारण मुख्यमन्त्रीको टोली मनाङमै रोकिएको मनाङबाट मुख्यमन्त्री नेपालीले सामाजिक संजालमा लेखेका छन । 

मुख्यमन्त्री पोखरेल, मन्त्री राजीव गुरुङलगायतको टोली राहत सामग्रीसहित आज बिहीबार मनाङ गएको थियो । त्यस्तै आज अपरान्हमा उक्त टोली हेलीकप्टरमार्फत पोखराका लागि उडे पनि मौसम प्रतिकुल भएपछि पुनः चामेनै फर्किएको थियो । मुख्यमन्त्रीको टोलीले बाढी पहिरोका कारण समस्यामा परेका बालबालिका, गर्भवती महिला र दीर्घ रोगीसहित १२ जनालाई उद्धार गरेर पोखरा ल्याउन लागे पनि सम्भव भएन ।  मुख्यमन्त्री नेपालीले भोलि प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *