२०७८ कार्तिक १० गते | 27th of October 2021

महाबिर पुन युटाहमा, आविस्कार केन्द्रलाई २,७११ डलर संकलन

खुल्लामन्च
 प्रकाशित: २०७८ असार २१ गते १७:२७

युटाह – राष्ट्रीय आविस्कार केन्द्रका संयोजक डा. महाबिर पुन आफ्नो अमेरिका भ्रमणको क्रममा अमेरिकाको युटाह राज्यमा पुगेका छन । कोभिड-१९ को महामारीमा जन्मभुमी नेपालमा आवश्यक मेडिकल सामग्रीहरुको उत्पादनमा लागेर जनताको मन जितेको केन्द्रका प्रमुख पुन अमेरिका नेपाल मेडिकल फाउन्डेशनको निमन्त्रणामा हाल अमेरिका भ्रमणमा छन ।May be an image of 1 person, standing and indoor

नेपाल सरकारको सहयोग बिना नै आफ्नै बलिबुता र शुभेच्छुकहरुको सहयोगले विज्ञान-प्रविधी, सुचना-संचार, शिक्षा-स्वास्थ्यमा अतुलनीय सेवा र आविष्कार गर्दै आएको राष्ट्रीय आविस्कार केन्द्रको सहयोगका लागि पुनको अमेरिका भ्रमणका क्रममा बिभिन्न राज्यबाट सहयोग जुटीरहेको छ । अमेरिकाको युटाह राज्यको साल्ट लेक शहरको काठमाडौं रेस्टुरेन्टमा आयोजित भेटघाट तथा अन्तर्कृया कार्यक्रममा रेस्टुरेन्टले खाना तथा हलको ब्यवस्था गरेको थियो ।May be an image of one or more people, people standing and indoor

कार्यक्रममा वैज्ञानीक, सामाजिक अभियान्ताहरु, बिद्धार्थीहरु, ब्यापारीहरु, स्थानिय संघ संस्थाका प्रतिनिधीहरु, स्वास्थ्यकर्मी लगायत बिभिन्न महानुभावहरुको उपस्थिती थियो । कार्यक्रममा केन्द्रको लागि २,७११ डलर संकलन भएको जनाईएको छ । कार्यक्रमको संयोजन गोबिन्द ढकालले गरेका थिए ।May be an image of 1 person and indoor

May be an image of 5 people, people sitting, people standing and indoor

May be an image of 1 person, standing and indoor

May be an image of 7 people, people sitting, people standing and indoor

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *