२०७८ साउन ९ गते | 24th of July 2021

सत्ता समर्थित दलको बैठकमा कोभिड-१९ विरुद्धको खोप तत्काल नागरिकलाई उपलब्ध गराउन  सुझाव

खुल्लामन्च
 प्रकाशित: २०७८ असार ३१ गते १४:३०

काठमाडौँ – सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई कोभिड-१९ विरुद्धको खोप तत्काल नागरिकलाई उपलब्ध गराउन  सुझाव दिएका छन् ।  देउवा प्रधानमन्त्री भएपछि पहिलो पटक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सत्ता गठबन्धनको बैठकले बाढी, पहिरो र डुबान पीडितलाई तत्काल राहत र उद्धारको कार्यक्रम ल्याउन पनि सुझाव दिएका छन् । बैठकमा सहभागी नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सैद्धान्तिक र समीक्षात्मक  छलफल भएको  बताए । ‘यो सरकार बनेपछि पहिलो पटक सत्ता गठबन्धनको बैठक बसेको हो ।

कोभिड-१९ विरुद्धको भ्याक्सिन जतिसक्यो छिटो उपलब्ध गराउन सरकारले गरेको निर्णय कार्यान्वयनमा तिव्रता दिन शीर्ष नेताहरूले सुझाव दिनुभयो,’ खड्काले  भने ।   बैठकमा सरकारले विश्वासको मत लिने,  बोलाइएको संसद् अधिवेशनमा कसरी अगाडि बढ्ने र मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *