२०७८ साउन ९ गते | 24th of July 2021

जनताको माग पूरा गर्न केन्द्रित रहने छु : प्रधानमन्त्री देउवा

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन ३ गते १४:५३

काठमाडौं –  प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरुसँग विश्वासको मत माग्नुभएको छ । देशको साझा चुनौतिको सामना गर्न सबै दलसँग आफू सहकार्य र समन्वय गर्न तयार रहेको पनि उहाँले बताउनुभयो । प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्र्दै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो । बहुदलीय व्यवस्थामा दलहरुबीच प्रतिस्पर्धा हुनु स्वभाविक रहे पनि आफू जनताको माग पूरा गर्न केन्द्रित रहने प्रतिवद्धता जनाउनुभयो । यसअघिका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको राम्रो कामलाई निरन्तरता दिने पनि उहाँले बताउनुभयो ।

ओली नेतृत्वको सरकारले केही राम्रो काम पनि गरेकाले प्रधानमन्त्री देउवाले त्यसकालागि धन्यवाद व्यक्त गर्नुभयो । कोभिड नियन्त्रणका लागि सरकार सबै प्रयत्न गर्ने र सबैको सहयोगको उहाँले अपेक्षा गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *