२०७८ असोज २ गते | 18th of September 2021

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन १० गते १५:२४

काठमाडौं –  राष्ट्रपति विद्यादेवी भण्डारीले  प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा  स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गुर्नभएको छ ।
सो कुरा राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे जिम्मेवारी प्रधानमन्त्री देउवामा नै रहने उल्लेख छ । भोजपुरका  श्रेष्ठको पहिचान निजी विद्यालय सञ्चालनसँग जोडिन्छ। उनले करिब चालीस वर्ष नेपालमा निजी क्षेत्रको शिक्षामा बिताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *