२०७८ असोज २ गते | 18th of September 2021

महिना दिन पनि नपुगेको सरकार सँग डराउदै ओलीले भने – सरकारले  दमनको बाटो लिएको छ

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन १७ गते १५:३९

काठमाडौं – सत्ता बाहिर पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफु पछिको देउवा सरकार प्रति शंसकित हुन थालेका छन ।   ओलीले  महिना दिन पनि नपुगेको देउवा सरकारलाई   दमनको बाटो लिएको आरोप लगाएका छन  । आइतबार  तुलसीलाल स्मृति प्रतिष्ठानले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले जिल्लाजिल्लाबाट आएका स्काउटका कार्यकर्ताहरूलाई रोक्ने, खानासमेत नदिने, सभा सम्मेलन गर्न नदिएर सरकारले दमनको बाटो लिएको बताए ।

उनले यस्ता क्रियाकलापको प्रतिवाद गर्ने चेतावनी समेत दिए । “यी सबै कुराहरूको सम्बन्धमा सरकारलाई हामी खबरदारी पनि गर्दछौँ,” उनले “प्रतिवाद गर्छाैँ र आवश्यक पर्‍यो भने प्रतिरोध पनि ।”  ओलीले आफ्नो पार्टी देश र जनताको हितमा केन्द्रित भएर अघि बढिरहेको दाबी समेत गरे । उनले पुष्पलाल, मनमोहन अधिकारी, तुलसीलाल अमात्य, मदन भण्डारी जस्ता नेताहरूले देखाएको बाटोबाट आफ्नो पार्टी अघि बढने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *