२०७८ असोज ७ गते | 23rd of September 2021

एमालेको माधव नेपाल-झलनाख खनाल समूह तत्काल सरकारमा सहभागी नहुने

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन १८ गते १५:३९

काठमाडौं – एमालेको माधव नेपाल-झलनाख खनाल समूहले पार्टी एकताकाे प्रयास जारी राख्ने निर्णय गरेको छ । बुद्धनगरको एक बेङ्क्वैटमा सोमबार बसेको खनाल–नेपाल पक्षीय स्थायी कमिटी बैठकले एकताको पहल जारी राख्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । तर एकताको पहल भइरहेको बेला बैठक बसेर निर्णय गर्न रोक्नुपर्ने निष्कर्ष बैठकको छ ।

ती नेताका अनुसार बैठकमा तत्काल सरकारमा सहभागी नहुने सहमति भएको छ । बैठकमा नेताहरूले ओलीले जिल्ला कमिटी बैठकमा दिएको अभिव्यक्ति एकता भाँड्ने खालको भएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *