२०७८ असोज २ गते | 18th of September 2021

ओली सरकारको निर्णय सरकारले उल्टायो , भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन १९ गते १३:४८

काठमाडौं – सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अघिल्लो सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गरेको हो ।

यस्तै मन्त्रिपरिषद् बैठकले आचरण विपरीत काम गरेको भन्दै नेपाल रेल्वे विभागका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई स्पष्टीकरण सोधेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय जानकारी गराउँदै सरकारका प्रवक्ता ज्ञानेन्दबहादुर कार्कीले भने, “नेपाल रेल्वे विभागका महाप्रवन्धक गुरुप्रसाद भट्टराईले आचरण विपरीत काम गरेकाले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *