२०७८ असोज २ गते | 18th of September 2021

डा. पन्तको समितिद्दारा भोली एनआरएनए अमेरिका डेलिगेट्सको लागि निर्वाचन तय, बराल समितिको निर्वाचनमा हजार जना सहभागी

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन ३० गते २१:१४

अमेरिका – सदैव विवादित रहने एनआरएनए अमेरिकाको डेलिगेट्स विवाद यसपटक पनि चुलिएको छ । एनआरएनए अमेरिकाको निर्वाचन समितिले ‘एकतर्फी रुपमा भनिएको’ हिजोको निर्वाचनमा जम्मा हजार जना मतदाताहरुले सहभागीता जनाएका छन । नवनिर्वाचित अध्यक्ष बुद्धी सुवेदीको कार्यसमितिमा ‘डेलिगेट्स बिषयमा’ विवाद हुंदाहुंदै छोटो सुचनाको वावजुद हतारमा निर्वाचन सम्पन भएको छ भने ‘निर्वाचित डेलिगेट्सहरु’ सबै सुवेदी पक्षधर मात्र रहेका छन ।No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

May be an image of text that says '145 Raj kumar Sista 146 Mohan Thapa NY 147 MD arashuram Bhandari 148 Bhola Acharya VA 149 Kashi Nath Paudel TX 150 Neden Dongala VA NY'

यता, कार्यवाहक भनिएका तत्कालिन निर्वाचन आयुक्त बासु फुलाराले अघि सरेका डेलिगेट्स निर्वाचन प्रकृया एनआरएनए आईसिसीले रोकिदिएपछी निवर्तमान अध्यक्ष सुनील साहले ‘डेलिगेट्स छनौटका लागि’ बनाएका समितिले पनि असन्तुष्ट पक्ष र बैधानिकताको प्रश्न उठाउंदै आगामी औं महाधिवेशनका लागि डेलिगेट्स निर्वाचन भोलीका लागि तय गरेको छ । डा. पन्तको समितिले गर्न लागेको निर्वाचनमा अमेरिकाभरबाट १४९ सदस्यले निर्वाचनका लागि उम्मेद्वारी दर्ता गराएका छन ।

एनआरएनए अमेरिका सदस्यता छानबिन समितिका संयोजक डा. राजन पन्तको संयोजकत्वमा शंकर खड्का र बिकास उप्रेती सम्मिलित समितिले आईसिसीको बिधाननुसार डेलिगेट्स निर्वाचन गर्न लागिएको बताएको छ । समितिका सदस्य शंकर खड्काका अनुसार संघको विधान अनुरुप २५ प्रतिशत प्रतिनिधीको चयन गर्न १५ तारिख बिहान निर्वाचन तोकिएको छ ।

संघको आगामी अक्टोवरमा हुने निर्वाचनमा एनआरएनए अमेरिकाबाट १८९ जनाले केन्द्रीय नेतृत्व चयनको लागि भाग लिन पाउने छन् । संघको विधान अनुरुप ६५ प्रतिशत प्रतिनिधी मध्येबाट १२३ जना प्रतिनिधीबाट १०१ जनाले आफ्नो नाम दर्ता गराएका थिए । खड्का अनुसार बांकी २५ प्रतिशत प्रतिनिधीहरुको लागि निर्वाचन गर्न लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *