२०७९ साउन २६ गते | 11th of August 2022

ओलीलाई गलाउने माधव नेपाल निकट एमाले नेताहरुको रणनीति

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ ४ गते ११:२९

काठमाडौं- नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका माधव कुमार नेपाललाई छाडेका नेताहरुले दश बुँदे सहमति कार्यन्वयन नभए केपी ओली सँग बिद्रोह गर्ने संकेत गरेका छन । राजनीतिक दल विभाजन सम्बन्धि अध्यादेश जारी भएपछि एमाले वरिष्ठ नेता माधव कुमार नेपालले नयाँ पार्टी गठनको प्रकृया थाल्दा त्यसमा सहभागी नभइ नेता नेपाललाई छोडेका स्थायी कमिटी, केन्द्रीय कमिटी सदस्यहरु र सांसदहरु अन्तिम पटक ओलीलाई १० बुँदे सहमति अनुसार अघि बढ्न मनाउने प्रयास गर्ने, र त्यसो नभएमा विद्रोह गर्ने भन्दै शुक्रबार छलफल  गरेका   हुन्।

नेपालले नयाँ पार्टी गठन गर्ने र ओलीले नेपालपक्षलाई पार्टीबाट बिदा गर्न खोज्ने दुबै अतिवादी भएको भन्दै उनीहरु दुबै पक्षमा नलागी बीचधारमा रहेका थिए। पार्टी विभाजनको अन्तिम तयारी भइरहँदा उनीहरुले अध्यक्ष ओलीलाई मनाउने प्रयास गरेका थिए तर त्यसलाई उनले स्वीकार नगरेपछि नेता नेपाललाई छाडेका उनीहरु थप छलफलमा बसेका हुन्। कतिपयले नेता नेपालका निकट भनिएका नेताहरुनै नेपालले थालेको नयाँ दलको अभियानमा सामेल नभई सस्थापनमै रहेर बिद्रोह गर्ने नीति नेपाल सँगको छलफलमै भएको अनुमान गरेका छन । अध्यक्ष ओलीलाई विभिन्न तरिकाले गलाउने निित ति नेताहरुले लिएको वताईएको छ ।