२०७८ असोज ७ गते | 23rd of September 2021

सभामुखको सचिवालयले प्रमुख विपक्षी दलका सांसद र नेताको व्यवहार र अभिव्यक्ति प्रति आपत्ति जनायो

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ ४ गते ११:५०

काठमाडौं –  सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले प्रमुख विपक्षी दलका सांसद र नेताको व्यवहार र अभिव्यक्ति प्रति आपत्ति जनाएको छ । नेकपा एमालेले कारबाहीको सिफारिस गरेको १४ सांसदलाई कारबाही गर्न दबाब दिन भन्दै सभामुख सापकोटालाई भेट्न पुगेका एमालेका सांसदहरुको अभिव्यक्ति, प्रस्तुति र व्यहार अमर्यादित र अशोभनीय रहेको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानलेले बताए। पूर्व प्रधानमन्त्री तथा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सार्वजनिक सञ्चारमाध्यममा दिएको अभिव्यक्तिसँगै सामाजिक सञ्जालमा आएका विचार र प्रस्तुतीले वातावरण विगारेको सचिवालयले जनाएको छ।  पार्टी खोल्ने मनासय रहेको भन्दै नेकपा एमालेले माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्न माग गर्दै संसद् सचिवालयमा निवेदन दर्ता गरेको छ।

निवेदनको कारबाही नभएको भन्दै एमाले सांसदहरू आज पनि सभामुखको कार्यकक्ष अगाडि पुगेर अमर्यादित व्यवहार देखाएको न्यौपानेले बताए। एमाले सांसदहरु यसैबारेमा सभामुखलाई भेटेर ‘दबाब दिन’ शुक्रबार पनि सिंहदरबार गएका थिए । तर, सभामुख कार्यकक्षमा नआएपछि सभामुखले ‘फेस नगरेको’ भन्दै बाहिरिएका थिए । सभामुखको सचिवालयले भने शुक्रबार सभामुख पूर्वनिर्धारित अर्को कार्यक्रममा सहभागी भएको र यो कुरालाई पनि ‘सभामुखले फेस नगरेको’ भनेर गलत कुरा गरिएको भन्दै आपत्ति जनाएको छ । एमालेले सिफारिस गरेका सांसदलाई तत्काल कारबाही गर्न दबाब दिँदै आएको छ भने सभामुख सापकोटाले अध्ययन भइरहेको भन्दैं छिट्टै यो विषय टुङ्ग्याउने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *