२०७८ असोज २ गते | 18th of September 2021

कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले १४ औं महाधिवेशनका लागि महामन्त्री पदमा उम्मेदवारी दिने

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ १४ गते १३:५६

काठमाडौं –  नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले मंसिरमा हुने १४ औं महाधिवेशनका लागि महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा थापाले आफू महामन्त्री पदमा उम्मेदवारी दिने बताएका हुन्।

कांग्रेसले देशैभर यही भदौ १८ गते वडा अधिवेशन गर्दैछ। छ हजार सात सय ४३ वडामा एकैदिन वडा अधिवेशन गर्ने कांग्रेसमा तयारी छ। अहिले कांग्रेसमा ९ लाख क्रियाशील सदस्य छन्, उनीहरू नै वडा अधिवेशनका मतदाता हुन्।

कांग्रेसको केन्द्रीय महाधिवेशन भने मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुनेछ। यसपटक कांग्रेसमा वडादेखि केन्द्रसम्मै कोषाध्यक्ष बाहेकका पदहरूमा निर्वाचन हुनेछ।अधिवेशनहरू सुरू हुन लागेपछि कांग्रेसमा विभिन्न पदमा उम्मेदवारी दिने लहर नै सुरू भएको छ। केन्द्रीय सदस्य थापाले महामन्त्रीमा उम्मेदवारी दिएपछि यसले चुनावी सरगर्मी झन् बढाएको छ। पाँच वर्षअगाडि पराजित भएको पदमा यसपटक फेरि थापाले उठ्ने तयारी गरेका छन्। यसपटक थापा कुन समूहबाट महामन्त्री लड्छन् यकिन छैन। थापा यसअगाडि सिटौला समूहबाट महामन्त्रीमा उठेका थिए। स्रोतकाअनुसार यसपटक थापा पौडेल समूहमा आउन सक्ने सम्भावना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *