२०७८ असोज २ गते | 18th of September 2021

नेपालले लगायो एक करोड ९२ लाख जनसंख्यालाई कोभिड–१९ विरुद्धको खोप, विश्व स्वास्थ्य संगठनको बधाई

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ १७ गते १२:०३

काठमाडौँ- नेपालले एक करोड ९२ लाख जनसंख्यालाई कोभिड–१९ विरुद्धको खोप वितरण गरेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बधाई दिएको छ । डब्लुएचओको दक्षिण पूर्वी एसिया क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले यो उपलब्धिका लागि बधाई दिएकी हुन् । उनले छोटो समयमा १ करोडभन्दा धेरै खोप वितरण गरिसकेको र १५ प्रतिशतलाई पूर्ण मात्रा खोप प्रदान गरिसकेको भनेर बधाई दिएकी हुन् । नेपालमा बिहीबारसम्म एक डोज लगाएर दोस्रो डोजको प्रतीक्षामा रहेकाहरूको संख्या ५४ लाख २४ हजार ८ सय ३६ छ । त्यस्तै, पूर्ण मात्रा खोप ४६ लाख ६७ हजार तीन सय २८ अर्थात् लक्षित जनसंख्याको १५.४ प्रतिशतले खोप लगाएका छन् ।

नेपालले १८ वर्षमाथिका २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जना अर्थात् ७१.६ प्रतिशतलाई खोप दिने योजना छ । किशोर किशोरीहरूका लागि मोडेर्ना र फाइजरका ६० लाख खोप ल्याउनेगरी सरकारले सम्झौता गरेको छ । यो खोप गाभी–ग्लोबल भ्याक्सिन अलायन्ससँग लागत सहभागितामा ल्याउन लागिएको हो । लागत सहभागितामा खोप ल्याउन लागेको दक्षिण एसियामा नेपाल पहिलो देश हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *