२०७८ कार्तिक १० गते | 27th of October 2021

संविधानको रक्षा एवम् कार्यान्वयनका लागि सरकार प्रतिबद्ध छ : प्रम देउवा

खुल्लामन्च
 प्रकाशित: २०७८ असोज ३ गते १२:३८

काठमाडौं –  प्रधानमन्त्री शेरबहादुर देउवाले सातौं संविधान तथा राष्ट्रिय दिवसको अवसरमा आइतबार काठमाडौंको टुँडिखेलस्थित सैनिकमञ्चमा आयोजित विशेष समारोहमा सम्बोधन गर्नुहुदै संविधानको रक्षा एवम् कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएकाे छ । देशमा आमनागरिकको परिवर्तनको आवश्यकता, सशस्त्र संघर्ष, मधेस आन्दोलन लगायत विभिन्न आन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संविधानले संस्थागत गरेको बताउनुभयो । संविधानको सफल कार्यान्वयन गर्दै देशमा दिगो विकास, सुशासन र विकासको लक्ष्य हासिल गर्नुपर्ने उहाँले बताउनुभएको छ ।
संविधान कार्यान्वयनका लागि आवश्यक नियमहरु बनाइदै लगिने विषयमा पनि प्रधानमन्त्री देउवाले प्रतिबद्धता जनाउनुभयो । उहाँले विश्वव्यापीरुपमा फैलिएको कोभिड -१९ महामारीको अवस्थामा नागरिकको जीवनरक्षाको प्रयास गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन सरकारको ध्येय रहेको उल्लेख गर्नुभयाे ।
संविधानको कार्यान्वयनबाट नै सार्वभौमसत्ता, भौगोलिक अखण्डता, सुशासन, प्रेस स्वतन्त्रता, न्याय र समानतामा आधारित समाज प्राप्त गर्न सकिने उल्लेख गर्दै प्राप्त उपलब्धिहरुको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाले बताउनुभएको छ । प्रधानमन्त्री देउवाले देशको व्यवस्था परिवर्तनमा जीवन बलिदान गर्नुभएका शहिद एवम् घाइते, अपांग परिवारहरुप्रति सम्मान व्यक्त गर्नुभएको छ । समारोहमा उच्चपदस्थ पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *