२०७८ कार्तिक १० गते | 27th of October 2021

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल  र गण्डकीका मुख्यमन्त्री नेपाली वीच भेटवार्ता

खुल्लामन्च
 प्रकाशित: २०७८ असोज ३ गते १२:४५

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल  र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बिच भेटवार्ता भएको छ ।

भेटघाटका अवसरमा मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशमा भइरहेका विकास निर्माण र दलहरू बिचको सहकार्यको बारेमा अध्यक्ष नेपाललाई जानकारी गराउनुभयो । पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले अब छिट्टै केन्द्रमा शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि पूर्णता पाउने र पाँच दलीय गठबन्धनले प्रदेश १ र बागमती प्रदेशमा समेत नयाँ सरकार गठनका लागि गृहकार्य गरेको जानकारी दिनुभयो । नागरिकले प्रदेश सरकारहरू बाट धेरै अपेक्षा राखेको भन्दै जनहितलाई ध्यानमा राखेर दलहरू बिच सहकार्य गर्दै काम गर्न मुख्यमन्त्री पोखरेललाई अध्यक्ष नेपालले आग्रह गर्नुभएको पोखरेलका प्रेस संयोजक भरत कोइराले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *