२०७८ कार्तिक ९ गते | 26th of October 2021

१० देशका राजदूतहरु पर्यटकीय नगरी पोखरामा

खुल्लामन्च
 प्रकाशित: २०७८ असोज १० गते १४:०१

काठमाडौं   –  विश्व पर्यटन दिवसको कार्यक्रममा भाग लिन १० देशका राजदूतहरु आज पर्यटकीय नगरी पोखरामा पुग्नुभएको छ ।पोखरा एयरपोर्टमा आज विभिन्न १० देशका राजदूत, कुटनीतिक नियोगका उच्च पदस्थ प्रतिनिधि लगायत  २५ सदस्यीय टोली एकै साथ  पोखरा पुगेको हो । उहाँहरुलाई गण्डकी प्रदेश पर्यटन मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेल, कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, नेपाल पर्यटन बोर्डका केन्द्रीय सदस्य विप्लव पौडेल, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख काशीराज भण्डारी, पर्यटन सम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिले स्वागत गर्नुभएको थियो ।

गण्डकी प्रदेश सरकारको पहलमा यसरी पोखरा पुग्नुभएका राजदूतहरुमा कतार, साउदी अरेयिबा, दुवई, दक्षिण कोरिया, थाइल्याण्ड, बंगालदेश, इजिप्ट, जर्मनी, मलेसिया लगायत देशका हुनुहुन्छ । राजदूतहरु भोलि पोखरामा हुने विश्व पर्यटन दिवस विशेष कार्यक्रम सहभागि हुनु हुनेछ । यो कार्यक्रमले अब पोखरा घुम्न खुला र सुरक्षित छ भन्ने सन्देश विश्वभर पुग्नेमा आफूहरु विश्वस्त रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *